जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा आइसोलेशन सेन्टर सञ्चालन गरेको छ ।
मंगलवार एक समारोहबीच मेयर लालकिशोर साहले आइसोलेशन सेन्टर उद्घाटन गरेका हुन् । उक्त आईसोलेशन सेन्टरमा ३० वेड रहेको छ । आवश्यकता बमोजिम विरामीलाई अक्सिजन समेत उपलब्ध गराउने मेयर साहले जानकारी दिए । उनका अनुसार आइसालेशन सेन्टरमा डा. रामकृष्ण साहको नेतृत्वमा १० सदस्यीय स्वास्थ्य टोली परिचालित छन् । केहिदिन अगाडी भएको डीसीसीएमसीको बैठकले उपमहानगरपालिकालाई कम्तिमा ३० बेडको आइसोलेशन सेन्टर सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम जनकपुरधाम उपमहानगरपालिकाले आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेशन सेन्टरमा जनकपुरधाम बाहिरका कोरोना विरामीले पनि उपचार गराउन पाइनेछन् । धनुषामा नगरपालिकालाई २५ र गाउँपालिकालाई २० बेडको आइसोलेशन सेन्टर सञ्चालन गर्न निर्देशन दिएको छ । तर नगरपालिका र गाउँपालिकाहरु अझै आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउन सकेको छैन । बजेटको अभाव देखाउँदै नगरपालिका र गाउँपालिकाहरु आइसोलेशन सेन्टर सञ्चालन गर्न नचाहेको बुझिएको छ । आइसोलेसन सेन्टर सञ्चालन तथा निरीक्षण कार्यक्रमलाई सम्वोधन गर्दै जनकपुरधाम उप महानगरपालिकाका मेयर साहले स्वास्थ्य मापदण्ड अपनाउन नगरबासी संग आग्रह गरेका छन् ।
उनले भौतिक दुरी, मास्कको प्रयोग तथा सरकारले निर्धारण गरेको मापदण्डमा हाथ सावुनपानीले धुने, निशेधाज्ञामा घरबाट नबाहिरिने लगायतलाई पालना गर्न आग्रह गरे । उनले समयमा सचेत नभए ठूलो दुर्घटना हुन सक्ने भएकाले विकराल अवस्था नआउन दिन उनले चेतावनी समेत दिएका थिए । समय परिस्थिति पहिला भन्दै धेरै फरक भई सकेको बताउँदै उनले भने–‘गत बर्षको कोरोना र यस बर्षको कोरोनामा फरक रहेका कारण कोरोनालाई परास्त गर्न स्वास्थ्य मापदण्ड अपनाउनु नै उत्तम विकल्प छ । यसमा कुनै हेलचेक्राइ गरियो भने कुनै सरकारले कसैको जनधनको क्षति बचाउन सक्दैन् ।’ स ा े अवसरमा जनकपुरधाम उप– महानगरपालिकाका उप–मेयर रीता झा, प्रमुख प्रसासकीय अधिकृत विनोद कुमार खडका, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला लगायतको उपस्थिति रहेको थियो । त्यस्तै उप–महानगरले मंगलबार विभिन्न सरोकारवलाहरुसंग छलफल गरेका छन् । अहिले सम्मको प्रगतिको समिक्षा गर्दै आइसोलेशन सञ्चालन सम्वन्धमा छलफल भएको जनाइएको छ । सो छलफलमा प्रमुख जिल्ला अधिकारी बास्तोला, प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा. प्रमोद यादव, कोभिड १९ विज्ञ डा. जामुन सिंह, प्रादेशिक ल्यावका प्रतिनिधि नवल यादव, निजी अस्पतालहरुको तर्फवाट काव्या अस्पताल तथा उप– महानगरपालिकाका कर्मचारी तथा कन्ट्रेक्ट ट्रेसिङ्गमा खटेका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमार स्वायव टेष्टको गतिलाई तिव्रता दिनुका साथै सामुदाय स्तरमा कसरी छिटो भन्दा छिटो पुग्न सकिन्छ भने विषयमा समेत छलफल भएको थियो ।


