अपडेट 
२०७८ बैशाख २२, बुधबार ०८:१७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नदिने निर्णय गरेकोछ ।प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २७ गते प्रतिनिधि सभाको बैठक डाकिएकोछ । काँग्रेसको पदाधिकारीहरुको मंगलवार बसेको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जनाए ।‘२७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्दै प्रस्ताव असफल पार्ने निर्णय भएको छ ’ उनले भने, त्यसका लागि पार्टीले अन्य दलहरुसित समेत छलफल गर्ने निर्णय भएकोछ । पदाधिकारी बैठकले राष्ट्रपति भण्डारीले मंगलबार जारी अध्यादेशअनुरुप हुने संवैधानिक निकायहरुको नियुक्तिको विरोध गर्ने पनि निर्णय गरेको उनले बताए ।

महतका अनुसार भदौ पहिलो हप्ता तोकिएको पार्टी महाधिवेशनको तयारीलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने निर्णय बैठकले गरेको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसैबीच माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।सरकारलाई दिएको समर्थन बुधबार पत्र पठाएर जानकारी दिने निर्णय स्थायी कमिटीले गरेको पूर्व मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले जनाए । ‘बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी बुधबार संसद् सचिवालयमा दिनेछौं,’ उनले भने, प्रधानमन्त्री ओलीले लिने भनिएका विश्वासको मत बदनियतपूर्ण रहेकोछ । सत्ताको निर्णाय मानिएको जनता समाजवादी पार्टी( जसपा)ले एक ढिक्का भै प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने जनाएकोछ ।

जसपा कार्यकारिणी समितिका सदस्य समेत रहेका सांसद रामसहाय यादवले भने, प्रधानमन्त्री ओली बिरुद्धको मोर्चामा सहभागि भै संसदमा विपक्षमा रहने निर्णय पार्टीले गरिसकेको छ ।गत १४ गते पार्टी कार्यकारिणी समितिको बैठकले नै संसदमा ओली बिरुद्ध भूमिका खेल्ने निर्णय भएको उनले बताए । ‘पार्टीको निर्णय विपरित कसैलेपनि प्रतिनिधि सभामा मतदान गर्ने छैन् ’ यादवले भने, पार्टी एक ढिक्का भएर ओलीको विपक्षमा मतदान गर्ने छ । तर पूर्व राजपाका महन्थ ठाकुर र राजेन्द्र महतो अझैपनि ओलीलाई विश्वास मत दिने राग अलापिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News