अपडेट 
२०७८ बैशाख २३, बिहीबार ०७:१९

प्रदेश २ सरकारले जनकपुरधामको मणिपाल शिक्षण अस्पतालको भवनलाई जिर्णोद्धार गरि कोभिड विशेष अस्पताल संचालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

बुधवार प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक भगवानको झाको अगुवाईमा गएको टोलीले मणिपाल शिक्षण अस्पातलको निरीक्षण गर्दै २१ दिन भित्रमा सुविधा सम्पन्न कोभिड विशेष अस्पताल निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । सय वेड क्षमताको हुने सो अस्पतालमा २० बेड क्षमताको आइसीयु समेत निर्माण गरिने भएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक इन्जिनियर झाका अनुसार नेपालमा फैलिएको दोस्रो भेरियेण्टको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि प्रदेश मन्त्रिपरिषदको बसेको आकस्मिक बैठकबाट १५ दिन भित्र मणिपाल अस्पताललाई कोभिड विशेष अस्पतालमा परिणत गर्ने निर्णय गरेको थियो । सरकारले तोकेको १५ दिनमा सात दिन थप गर्दै २१ दिनमा प्रदेशकै सुविधा सम्पन्न कोभिड विशेष अस्पताल निर्माण गरिने बताए । उनले पहिलो चरण अन्तरग अस्पतालको निरीक्षण गरिएको र बिहीबारदेखि कोभिड विशेष अस्पताल वनाउने कार्य सुरु गरिने वताए । कोभिड विशेष अस्पताल वनाउनका लागि प्रदेश सरकारले तीन करोडको वजेट विनियोजन गरेको बताइएका छ ।

वर्षौदेखि उपयोगमा आउन नसकेर जिर्ण अवस्थामा रहेको मणिपाल अस्पताललाई कोभिड अस्पताल बनाउने जनकपुरधाम उपमहानगरपालिकाले पनि घोषणा गरेको थियो । कुल ३६ वटा कोठा रहेको मणिपालमा १२ वटा कोठा खाली छैन् । २४ वटा कोठालाई कोभिड विरामीहरुको लागि प्रयोग गरिने बताइएको छ । निरीक्षका लागि प्रदेश सरकारको तर्फबाट इन्जिनियर भगवान झा, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठ,वडाध्यक्ष पुण्यप्रताप यादव, वडा सदस्य उपेन्द्र विमल साह,नागरिक समाजको तर्फबाट भाग्यचरण यादव,सई श्रीनारायण पंडित लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News