२०७८ बैशाख २३, बिहीबार ०७:४५

जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल–भारतको धनुषा जिल्लासँग जोडिएका सबै सीमा नाका सिल गरेको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि धनुषाको सीमा सिल गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । नेपाल सरकार मन्त्रीपरिषदको बैशाख १९ गतेको बैठकबाट नेपाल– भारत बीच आवतजावत गर्न नाका सञ्चालन सम्बन्धी निर्णयमा धनुषाको कुनै पनि नाका नपरेकोले भारत तर्फ आवत जावत गर्न पुर्ण निषेध गरिएको बस्तोलाले बताए । जटही, इनर्वा, खजुर ीसहितका सबै नाका सिल गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको उनले बताए । नेपाल सरकारको मन्त्रिपरिषद्को आइतबार गरेको निर्णयमा धनुषा जिल्लाका कुनै पनि नाका नखुलेको उल्लेख रहेको छ । सीमा नाका सिल गरेसँगै सिमाना क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको छ । यता महोतरीमा भिठ्ठामोड नाका आवतजावतकालागि खुल्ला गरी बाहेक सबै नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थ भट्टराइले बताए । सरकारको निर्णय अनुसार एउटा नाका खुल्ला गरी अन्य नाकाहरु बन्द गरिएको उनले बताए ।



यता सिरहाको पनि सब सिमानाका सिल गरिएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिरहाका सबै सीमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए । भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कणेलले बताए । बढ्दो कोभिड– १९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सिमासँग जोडिएका नाकाहरू सिल गरिएको हो ।

Comment


Related News

Latest News

Trending News