अपडेट 
२०७८ बैशाख २४, शुक्रबार ०७:०२

कोरोना संक्रमणको महामारी रोक्न देशका ६० जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी भएको हो ।

केही जिल्लामा पूरै र केही जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण देशैभर फैलिएकाले केही जिल्लाका स्थानीय प्रशासनले आज निषेधाज्ञा जारी गर्न लागेको बताइएको छ । कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको भनाइ छ । गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही तथा जरिबाना गरिने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई जरिबाना गर्न थालिएको महानगरीय प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News