अपडेट 
२०७८ बैशाख २४, शुक्रबार ०७:१०

भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्तसहित उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पाङ्ग्रा खसेको थियो । पाङ्ग्रा नै नभए पनि पाइलटले कुशलता देखाउँदै राति झण्डै सवा नौ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएको जनाएको छ । आकस्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । पाइलट र बिरामी सुरक्षित छन् । पाङ्ग्राबिनाको जहाजलाई सकुशल अवतरण गराएको भन्दै नागरिक उड्डयनमन्त्री हरदीप पुरीले पाइलटको प्रशंसा गर्नुभएको छ । यस घटनाका कारण केही घण्टा विमानस्थलको उडान बन्द भएको थियो ।

Comment


Related News

Latest News

Trending News