अपडेट 
२०७८ बैशाख २४, शुक्रबार ०७:१६

प्रदेश २ को सप्तरी र रौतहटमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा बढिरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो । सप्तरीमा वैशाख २५ गते शनिवार राति १२ बजेदेखि अनिश्चितकालका लागि शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए । उनका अनुसार शहरी क्षेत्रहरु राजविराज, फत्तेपुर, कंचनपुर, बरमझिया, भारदह, हनुमाननगर, रुपनी, कठौना, कल्याणपुर, पातो, तोपा, महुली, बिरेन्द्र बजार, खरचुहिया, विष्णुपुर, छिन्नमस्ता, जिरीया हटिया (तिलाठी कोइलाडी), मंसापुर, पत्थरगाडा र बोदेबरसाइन लगायतका बजार र सम्पूर्ण हटियाहरुमा अत्यावश्यक काम बाहेक मानिस तथा सवारी साधन आवत–जावत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधाज्ञाको अवधिभित्र अत्यावश्यक सेवा संचालनमा प्रयोग हुने ढुवानीका सवारी साधन, निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधन प्रयोग गर्न पाइनेछ । यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु र अत्यावश्यक सेवा प्रवाह गर्ने संघ संस्थाहरुले कोभिड–१९ संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि तोकिएको स्वास्थ्य सतर्कता मापदण्ड पालना हुने गरी कार्यालय प्रमुखले कार्यालय सञ्चालन गर्ने÷गराउने व्यवस्था मिलाउन भनिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी पोखरेलले नीजि क्लिनिकहरु बन्द गर्न र आफू कार्यरत सरकारी अस्पतालमै सेवा दिन अनुरोध गरेका छन् । कोरोना संक्रमण बढेको बेला डाक्टरको अभाव भएकाले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिकमा समय नदिन अनुरोध गरेको प्रजिअ पोखरेलले बताए । यता, रौतहटमा रौतहटमा वैशाख २४ गते शुक्रवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।कोरोना संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रण गर्न बाध्य भएर निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले निषेधाज्ञाबारे खुल्ने व्यवसाय÷नखुल्ने सेवा लगायतका विषयबारे सूचना जारी गरेको र अवज्ञा गर्नेलाई कानून बमोजिम कारबाही हुने बताए । उनका अनुसार औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प, उद्योग कलकारखाना, सैलुन लगायतका व्यवसायहरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिनेछ । होटल तथा रेष्टुरेन्ट, व्यूटी पार्लर, कपडा पसल, जिमखाना, शैक्षिक संस्था, ट्यूशन सेन्टर र हाटबजारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

यस्तै बिना अत्यावश्यक कामको हिड्डुलमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सार्वजनिक र निजी सवारी साधन पनि चल्ने छैन । वैवाहिक कार्यक्रममा दुलहा–दुलही सवार सवारी बढीमा १५ जना जन्तीलाई छुट दिने निर्णय भएको प्रजिअ यादवको भनाई छ ।

Comment


Related News

Latest News

Trending News