२०७८ बैशाख २४, शुक्रबार ०७:२८

जीतपुर । नेपाल औषधी उत्पादक संघले जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको जीर्ण अवस्थामा रहेको एम्बुलेन्सलाई मर्मत गरी हस्तान्तरण गरेको छ ।

नेपाल औषधी उत्पादक संघ प्रदेश नं.२ का अध्यक्ष प्रभात रुङ्टाले नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । केही महिनादेखि बिग्रेर थन्किएको उद्योग बाणिज्य संघको ना २ छ ५१५२ नम्बरको एम्बुलेन्सलाई रु ३ लाखको लागतमा संघले पुर्ण रुपमा मर्मत गराएको छ । कोभिड १९ को माहामारीको नयाँ भेरियन्ट समुदायमा फैलिसकेको अवस्थामा एम्बुलेन्स अभावका कारण कसैले ज्यान गुमाउँनुनपरोस भन्न हेत्तुले सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स मर्मत गरिएको रुङ्गटाले बताए । त्यस्तै नेपाल औषधी उत्पादक संघले ईलाका प्रहरी कार्यालय सिमरालाई १ सय ८० प्याकेट औषधी बितरण गरेको छ । संघका अध्यक्ष रुङ्गटाले ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठलाई हस्तान्तरण गरे । कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख लच्छुमन ढकाल ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा ,निबर्तमान अध्यक्ष घनश्याम गिरी ,महासचिव शिवजी साह सोनार मेग्नेस फर्माका डाईरेक्टर प्रेम जाटिया लगायतको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News