अपडेट 
२०७८ बैशाख २४, शुक्रबार १०:०५

देशका अधिकांश भागमा अहिले आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण दैनिकजसो वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

आज दिउँसो देशका पहाडी भू–भागका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ । आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News