अपडेट 
२०७८ बैशाख २४, शुक्रबार १६:१८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको जनाएको छ ।

नेपालले खरिद गरेको १० लाख डोज क्षमता विस्तार भएपछि कम्पनीले बताएको पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारे विज्ञप्ति जारी गरी नेपालले खरिद गर्न बाँकी रहेको १० लाख डोज आपूर्तिलाई प्राथमिकतामा राखेको जानकारी सेरमले दिएको बताए । तर कम्पनीमा गत महिना अचानक आगलागी हुनुका साथै क्षमतामा विस्तारमा अवरोध भएको भन्दै कम्पनीले क्षमता विस्तार हुने वित्तिकै आपूर्ति गर्ने जानकारी गराएको भन्दै मन्त्रालयले भनेको छ । विज्ञप्तीमा थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नरहेको स्पष्ट पारिएको छ ।

Comment


Related News

Latest News

Trending News