अपडेट 
२०७८ बैशाख २५, शनिबार ०६:४३

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५७१ जनाको मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ८ लाख २९ हजार ३५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।हालसम्म विश्वभर १५ करोड ७५ लाख १९ हजार ८१७ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ४७ लाख ७५ हजार ३४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । शनिवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ८३ हजार ८४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५७९ जनाको ज्यान गएको छ । ७८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ७७ हजार ६०३ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, २ लाख ९५ हजार ३९५ भन्दा बढी निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News