अपडेट 
२०७८ बैशाख २५, शनिबार ०६:५४

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा २७ गते विश्वासको मत लिन गर्ने प्रस्तावलाई असफल बनाउन विपक्षी नेताहरु सघन छलफलमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ले भेंटवार्ता गरेका छन् । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । सभापति देउवा निकट स्रोतका अनुसार दिउँसो साढे ५ बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा छलफल भएको छ । ‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे दुवै नेताबीच छलफल भएको हो ’ स्रोतले भने, तीनदिन देखि नेताहरुसित विश्वासको मतबारे छलफल भएकोछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि २७ वैशाखमा विशेष अधिवेशन बोलाइएको छ । छलफलमा ओली पक्षसँग बाक्लिएको एमालेको माधव नेपाल पक्षको संवादका विषयमा पनि कुराकानी भएको थियो । ओली र नेपालमा एमाले एकता कायम राख्नुपर्ने दोस्रो तहको नेताको दबाब बढ्नुलाई देउवा र प्रचण्डले नजिकबाट नियालिरहेका बुझिएको छ ।यसैबीच शुक्रबार नै नेपाल पक्षका नेता भीम रावलले पनि देउवासँग छलफल गरेका थिए । माधव नेपाल समुहका डा.खिमलाल देवकोटालाई नेपाली काँग्रेस र माओवादी केन्द्रले बागमती प्रदेशबाट संयुक्त उम्मेदवार बनाएका छन् ।देवकोटा स्वतन्त्र उम्मेदवार दिएका छन् ।

उनी गृहमन्त्री समेत रहेका एमाले नवप्रवेशी रामबहादुर थापॉबादल’ बिरुद्ध उम्मेदवार बनेका छन् । एमालेका नेपाल–खनाल समुहले ओलीसित कुनै सम्झौता र सहमति नभएको प्रष्टगर्दै आफ्नो अडानमा कायम नै रहेकाले भ्रममा नपर्न आग्रह गरेको छ ।नेता नेपालले संसदबाट २१ ज्ना सांसदले राजिनामा दिने विषयमा कुनै परिवर्तन नआएको प्रष्ट गरे । प्रधानमन्त्री ओलीले बुधवार देउवा निवास बुढानिलकण्ठ पुगेर विश्वासको मतमा सघाउन देउवालाई आग्रह गरेका थिए ।तर काँगेसका नेताहरुले त्यो संभव नभएको भन्दै विश्वासको मतलाई असफल बनाउन पार्टीले निर्णय गरेको जनाउ दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मतको प्रयोजनका लागि संसद अधिवेशन बोलाएपछि काँग्रेसका सभापति देउवा निवासमा नेताहरुको दौडधुप सुरु भएको हो ।काँग्रेस सभापति देउवा र प्रचण्डबीच भएको वार्ता सकारात्मक रहेको स्रोतले जनाएका छन् । एमाले असन्तुष्ट पक्षका नेता माधव कुमार नेपाललेपनि बुधवार साँझ देउवालाइ निवासमै पुगेर छलफल गरेका थिए ।प्रधानमन्त्री ओलीको विश्वास मत विफल बनाउन र विपक्षी दलहरुले मिलेर सरकार बनाउन सबै प्रकारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको बताइएकोछ ।

यसैबीच प्रधानमन्त्री ओलीले आइतवार बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा र प्रधानन्याधिश चोलेन्द्र शम्सेर राणा सहभागि नहुने बताइएकोछ ।प्रमुख प्रतिपक्षी दलका नेता देउवापनि बैठकमा सहभागि हुने छैनन् ।ओलीलाई राष्ट्रिय सभाका अध्यक्षले भने सघाउने छन् ।

Comment


Related News

Latest News

Trending News