अपडेट 
२०७८ बैशाख २५, शनिबार ०७:१७

झण्डै एक वर्ष अघिको कथा– व्यथा हो – प्रादेशिक अस्पताल जनकपुरको नर्सिग क्याम्पस भित्र निर्माण गरिएको कोरोना अस्थायी अस्पतालमा जीवनजल समेत खान नपाई हंसपुर नगरपालिका , नौवाखेर– पर्साहीका राजू सदा छटपटिएर प्राणत्याग गरेका थिए । असलमा राजूको प्राण त त्यतिवेलै गई सकेको होला , जतिवेला उनलाई टिपरमा लादेर अस्पताल पुर्याएको होला कारण शरीरले मरेकोलाई सबैले देख्छन । अपमानको कारण हुने मृत्युवरण ऊ स्वंले भोग्छ । पालिकाको वजेटमा ऐस–मौज गर्ने , एसी जडित गाडी चढने अनि जसको भोटमा राज गर्न पाएका छन् उनैलाई टिपरमा कोंचेर अस्पताल पुर्याउदाको राजुको मानसिक पिडा मृत्यु भन्दा कम थिएन होला ।

राजूलाई श्रद्धाञ्जली , सलाम राजू ..। आशा गरौं राजूको परिवारका एक सदस्यले हंसपुर नगरपालिकामा जागिर पाएको होला । कारण मेयर रामज्ञान मण्डलले यस्तै आश्वासन दिएका थिए । एक वर्ष पछि पुन ः राजुलाई स्मरण गर्न चाहे । कारण कोरोना पुन ः उत्पात मचाउन थालेको छ । मुलुकमा दैनिक मृत्युवरण गर्नेको संख्या आधा सयभन्दा माथि पुगेको छ । संकृमितको संख्या १० हजार टेक्न थालेको छ । अक्सिजनको आभाव छ । प्रादेशिक अस्पतालमा रहेको पांचै थान भेन्टिलेटर बिग्रेका छन वा बिगारिएका छन् । समग्रमा अवस्था जस्ताको त्यस्तै छ । अनि राजूले भोगेको नियति पुन ः दोहरिदै छ । गत सोमवार बटेश्वर –४ का ४५ वर्षिय लोकबहादुर परियार पुन ः राजू कै नियम भोग्न बाध्य भएका छन् । फरक यतिमात्र छ – राजू अस्पतालको बेडमा मृत्यु वरण गरेका थिए । लोकबहादुर अस्पतालमा भर्ना समेत नपाई आफू बस्दै आएको ससुराली गाउ“ बटेश्वरमा छटपटिएर ज्यान गुमाए । दुबै परिवारको कथा–व्यथा उस्तै हो । राजू र लोकबहादुरमा एउटा अका फरक पनि छ । त्यो के भने – हंसपुर नपाका मेयर रामज्ञान मण्डलले राजू परिवारको एक सदस्यलाई जागिर दिने आश्वासन दिए तर बटेश्वर गाउ“पालिकाका अध्यक्ष डम्बरबहादुर राउत बेपत्ता छन । उनले गाउ“पालिका परिसरमा भवन निर्माण गर्ने ठेक्केदारसंग ८ लाख घूस लिएका थिए । अख्तियारका कर्मचारीहरु पन्छ् ाए । प

छि गाडीमा राखिएको ८ लाख खोलामा फालेर फरार भए । बटेश्वर गापा तीन महिनादेखि अध्यक्ष विहीन छ । उपाध्यक्ष प्रमीला देवी महतो अध्यक्ष चढने गाडी त चढेकी छिन तर उनले गर्नुपर्ने काम भने गर्न भ्याएकी छैनन् । मलाई सोध्न मन लागेको छ – यस एक वर्षमा तीनै तहका सरकारले के गरे ? अस्पतालको क्षमता विस्तार गरियो ? अक्सिजन प्लान्ट थपिए ? अपुग स्वास्थ्यकर्मी नियुक्त भए ? गत वर्ष जोखिम मोलेर अग्रमोर्चामा काम गरेका स्वास्थ्यकर्मीहरुले अतिरीक्त भत्ता पाए ? औपचारिक रुपमा नियुक्ति पाएका प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका ३ दर्जन स्वास्थ्यकर्मी बाकीको तलव पाए ? यी र यस्ता अनेकौ सवालको जवाफ प्रदेश सरकारले दिनै पर्ने हुन्छ । प्रदेश सरकारले आफू मातहातको प्रादेशिक अस्पतालको सेवा सुविधामा विस्तार गर्न नसके पनि अस्पताल परिसरभित्र एउटा आकर्षक बोर्ड भने अवश्य थपेको छ – मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा । प्रतिष्ठानमा उपकुलपति , रेक्टर र रजिष्टारको नियुक्ति पनि गरिएको छ । नियुक्त पदाधिकारीहरुलाई तलव भत्ता वा अन्य सुविधा दिएको वा नदिएको बारे थाहा भएन । जनकपुरका साधु सन्त , दाता तथा सर्वसाधारणले आफ्नो निजी सम्पति दिएर संचालन गरेको जानकी अस्पताल अहिले प्रादेशिक अस्पताल भएको छ । प्रदेश सरकारको स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय सराहनीय हो तर यसको लागी छुट्टै संरचना निर्माण गर्नु पर्ने हो कि होइन ? वर्षौदेखि संचालनमा रहेको संरचनालाई निरन्तरता दिदै सुविधा सम्पन्न अर्को संरचना निर्माण गर्दा आम नागरिक खुसी नहुने कुरै भएन तर यहा“ त अरुको मालमा आफ्नो कम्पनीको लोगो लगाए जस्तै भएको छ ।

फेरी कोरोना महामारीको कारण मुलुक अस्तव्यस्त बनि रहेको वेला प्रतिष्ठानको भूमिका के ? कहा“ छन प्रतिष्ठानका पदाधिकारीहरु ? पछिल्लो पटक प्रदेश २ कोरोनाको हट स्पट बन्दै छ । चार दिन अघिसम्म पर्सा जिल्ला कोरोना संक्रमित संख्याको हिसावले पहिलो नम्बरमा थियो । तर पछिल्ला दिनहरुमा धनुषाले पर्सालाई उछिनेको छ । बुधवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ३४३ नमूना परिक्षण गर्दा २१३ जनामा अर्थात् ६२ प्रतिशत संक्रमित देखियो । जबकि सोहि दिन नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा २८८ जनाको नमूना परिक्षण गर्दा १७५ जनामा अर्थात ६० प्रतिशतमा संक्रमण देखियो । परिक्षण गराउन आउने ६२ प्रतिशतमा कोरोना संक्रमण पाईनुको अर्थ हो – सामाजिक स्तरमै संक्रमण फैलिई सक्नु । प्रदेश २ का आठ वटै जिल्ला संवेदनशील छन तर धनुषा र पर्सा अति संवेदनशील । कोरोना सामाजिक स्तरमै फैलिई सकेकोले होम आइसोलेशन , अक्सिजनसहितको संस्थागत आइसोलेशन तथा अक्सिजन र भेन्टिलेटरसहितको अस्पताल निर्माणलाई प्राथमिकतामा राखिनु पर्ने सुझाव विज्ञ चिकित्सकहरुको छ । तर प्रदेश सरकार भाषणवाजीमा लागेको छ । जानकी मेडिकल कलेजमा कोरोना अस्पताल संचालन भयो÷ भएन सार्वजनिक गरिएन ।

सपहीमा अस्थायी कोरोना अस्पताल सुरु भएकै छैन अनि गत वर्षदेखि नै मालाजाप गरिदै आएको मणिपाल मेडिकल कलेजमा कहिले देखि कोरोना अस्पताल संचालन हुन्छ ? यसको प्रष्ट जानकारी पनि आमनागरिकलाई छैन । अव अति भयो । अतिले क्षति हुन्छ भन्छन् । संघीय सरकारले गर्न दिएन भनेर ज्यान जोगाउने दिन गए श्रीमान् ? फेरी स्वास्थ्य संरचनामा लगानी भनेको आफ्नै लागी पनि हो । कारण कोरोना नेता र आम नागरिकमा फरक गर्दैन ।

Comment


Related News

Latest News

Trending News