२०७८ बैशाख २५, शनिबार ०८:४१

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ ।

शनिबार दिउँसो  २ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको उनको भनाइ छ । २७ गते विश्वासको मत लिने  प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ ।मंगलबारको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो । खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने छ । बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ । बुधबार विहीबार र शुक्रबार देउवा निवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका थिए । 

Comment


Related News

Latest News

Trending News