अपडेट 
२०७८ बैशाख २५, शनिबार ११:३५

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।

तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उपचारको क्रममा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनमा अन्य दीर्घरोग पनि थिएन ।

Comment


Related News

Latest News

Trending News