अपडेट 
२०७८ बैशाख २५, शनिबार १८:१२

अनिल तिवारी
वीरगन्ज,वैशाख २५ | केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पताल भ्रष्टाचार र अनियमितताको अखडा बन्दै गएको छ ।प्रदेश नम्बर २ को एक मात्र केन्दिय अस्पतालको रुपमा रहेको वीरगन्जको नारायणी अस्पतालमा हुदै आएको अनियमितता तथा भ्रष्टाचारको स्केन्डलले पनि विवादित बनेको हो ।

२०लाखको लागतमा अस्पतालले संचालन गरेको फार्मेसि पसल आर्थिक अभावको कारण महिनौ देखि थला परेको छ । पसलमा चार जना कर्मचारी खटे पनि सिटामोल छैन ।केन्डुला बाहेक विक्रि गर्ने केहि छैन । तिन दिन देखि एक्सरे मसिन विग्रेको कारण संक्रमितको समयमै एक्सरे हुन सकिरहेको छैन । स्वाब दिएको पांच दिन पछि पोजेटिप रिर्पोट आउदासम्म पुरा परिवार संक्रमित भइरहेको अवस्था छ । सिकिस्त संक्रमितको लागी रामबाणको रुपमा रहेको रेमडिसिभिर इन्जेक्जन अभावको कारण मृत्युको संख्या बढदै गएको छ । तर रेमडिसिभिरको बारेमा अस्पताल व्यवस्थापन मौन थियो ।स्थास्थ्य मन्त्रालयले २३गते उपलब्ध गराएको रेमडिसिभिर २५गते वीरगन्ज आएको छ ।शनिबार दिउसोसम्म रेमडिसिभिर बनाउने विधिमै अस्पताल प्रशासन व्यवस्त देखिएको छ ।

कारोनाका सिकिस्त संक्रमितहरुलाई डटेर उपचार गरेपनि व्यवस्थापकिय कमजोरीको कारण जसपाउन नसकको अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मिहरु बताउछन् । महामारीमा मेडिकल सुपरिटेन्डेन्ट संजय ठाकुर विहान देखि अपरान्ह १ बजेसम्म पदोन्ती पाउने सचिव स्तरिय भर्चुअल तालिममा खटेकोले पनि केहि व्यवस्थापकिय कमजोरी भएको एक चिकित्सकले बताए । सिमित कर्मचारीलाई मात्र विश्वासमा लिएर मेसु हिडेकोले पनि उपचारभन्दा समुहगत राजनिति अस्पतालमा बढेको उनको तर्क छ । उनले भने,‘काखा–पाखा गरेर अस्पतालको विभागीय प्रमुख जिम्मेवारी दिइएको छ । खासै समन्वय छैन,उहालाई एसमैन चाहिए छ ।’ मेसुमा ठाकुर आएदेखि अस्तालमा रेमडिसिभिर कति आएको छ र कहा कहा खर्च भएको छ ?हिसाब लिनुस सबै थाहा हुन्छ एक अर्का चिकित्सकले भने ।कुन कुन रोगीलाई उक्त इन्जेक्सन लगाइएको हो । यति स्केन्डले भएपछि त्यसको लिस्ट अस्पताल प्रशासनले सार्वजनिक गर्नुपर्ने उनको तर्क छ । दुइ हप्ता अगाडि सम्म अस्पतालमा रहेको ६५थान रेमडिसिभिर कुन कुन रोगीलाई लगाइएको हो, थाहा छैन ।उनले थप्पे,जस्ता विभिन्न प्रश्नहरु अस्तालका कतिपय कर्मचारीहरुको नै छ ?

अस्पतालका मेसु संजय ठाकुरले आफु कार्याभार लिएपछि नारायणी अस्पतालमा धेरै सुधार भएको बताए । उनले भने,‘वीरगन्ज आएदेखि अस्पतालमा मैले धेरै सुधार गरेको छु,सिमित मानव श्रोत र आर्थिक साधनमा पनि १सय १०बेडको कोरोनाका वार्ड,आसियु संचालनमा ल्याएको छु ।’ जसपाउने ठाउमा आफुलाई बदनाम गरिएकोे, उनको आरोप छ । पहिला देखि गुट संचालन गर्दै आएका केहि चिकित्सकहरु आफ्नो निर्देशनको अटेरि गर्दै आएको कुरा स्थास्थ्य मन्त्रालयसम्म जानकारी गराएको मेसु ठाकुरले बताए । उनले भने, ‘म अहोरात खटिरहेको छु, अस्पताल भित्र र वाहिरका सिमित व्यक्तिहरु मेरो बिरोधमा लागेका छन् ।रेमडिसिभिरलाई लिएर मलाई बदनाम गरिएको छ ।तर कोको नेता तथा पत्रकारले रेमडिसिभिर मबाट लिएका छन् ,सबको पोल खोल्छु ।’

कोरोना महामारीको दोस्रो लहरमा वीरगञ्ज हटहस्पट बन्दै गएको छ । दैनिक चार÷पाँच जनाको उपचारको क्रममा मृत्यु हुन थालेपछि बीरगञ्जमा त्रास बढ्दै गएको छ ।अस्पतालमा भर्ना हुन नपाएर एम्बुलेन्सैमै कतिपय संक्रमितको मृत्यु भइरहेको बेला केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पताल राजनितिको आखडा बनिनु दुखद कुरा भएको स्थानिय वीरगन्ज महानगरपालिका वडा नम्बर १९का राजेश्वर प्रसादले बताए ।

Comment


Related News

Latest News

Trending News