अपडेट 
२०७८ बैशाख २६, आईतवार ०६:५०

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ६६० जनाको मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७ लाख ७२ हजार ३४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १५ करोड ८२ लाख ९८ हजार ८५१ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ५७ लाख १० हजार ५१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ९५ हजार ९४९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ६३२ जनाको ज्यान गएको छ । ८३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ८५ हजार ८९० जनामा संक्रमण भइसकेको छ । त्यस्तै, २ लाख ९८ हजार ७६५ भन्दा बढी निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News