अपडेट 
२०७८ बैशाख २६, आईतवार ०७:३१

संघीय सरकारले गत मंसिरमा देशभरि ३ सय ९६ वटा आधारभुत अस्पतालको शिलान्यास गरे । सोही क्रममा धनुषामा पनि विभिन्न १२ वटा स्थानीय तहमा आधारभुत अस्पतालको शिलान्यास गरियो । तर शिलान्यास भएको ६ महिना भईसक्दा पनि धनुषाको एउटा पनि स्थानीय तहमा अस्पताल निर्माणको कार्य अझै सुरु हुन सकेको छैन ।

कति पय स्थानीय तह आन्तरिक विवादका कारण उक्त कार्यमा ध्यान दिन सकेको छैन भने कति डिपिआर मात्रै तयार गरि टेण्डर प्रक्रियामा जाने सुरसार मात्रै गरेका छन् । धनुषाको विदेश नगरपालिकामा १५ वेड, सबैला १५, वटेश्वर गाउँपालिका १०, हंसपुर नगरपालिका १०, क्षीरेश्वर नगरपालिका १५, गणेशमान चारनाथ नगरपालिका १५, धनुषाधाम १५, मिथिला नगरपालिका १५, मिथिलाविहारी नगरपालिका १५, औरही गाउँपालिका १५, मुखियापट्टी मुसरनीया गाउँपलिका १५, शहिद नगर नगरपालिका १५ र कमला नगरपालिका १५ वेडको आधार भुत अस्पतालको शिलान्यास गरिएको थियो । संघीय सरकारले एउटा १५ वेडको आधाभुत अस्पताल निर्माणको लागि पहिलो चरणमा ३ करोड २३ लाख ३० हजार रुपैयाँ वजेट सुनिश्चत गरेको छ । तर अहिले सम्म धनुषाका अधिकांश स्थानीय तहले सो अस्पताल निर्माणका लागि अहिले सम्म डिपिआर समेत तयार गर्न सकेको छैन् ।

मिथिला विहारी नगरपालिका मेयर अनिल कुमार यादवले नगरपालिकाको विकास निर्माणमा दुई वर्ष अघि नै मुद्दा परेकोले अस्पताल निर्माणको कार्य सुरु हुन नसकेको बताए । त्यसैगरि हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले अस्पताल निर्माणको लागि केहि दिन अघि मात्रै डिपिआर तयार भएको र अव केहि दिनमा टेण्डरमा जाने बताए । विदेह नगरपालिका मेयर बेचन दासले भने,‘ चैत मै आफुहरुले अस्पताल निर्माणका लागि टेण्डर प्रकासित गरेको बताए । काठमाण्डु एक निर्माण कम्पनीले ४० प्रतिशत घटीमा प्रस्तावना कबोल पनि गरेको छ । तर अहिले सम्म सम्झौता गर्न आईसकेको छैन । त्यसैले अस्पतालको काम अगाडी बढ्न सकेको छैन । सबैला नगरपालिकाका मेयर विजयशंकर साहले कर्मचारीको अभाव उक्त अस्पतालको डिपिआर निर्माणमा समेत ढिलाई भईरहेको बताए । कर्मचारीकै अभावको कारण नगरपालिकाको विकास निर्माणको काम प्रभावित हुदै आएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News