२०७८ बैशाख २६, आईतवार ०७:४२

जनकपुरधाम । धनुषाको कमला नगरपालिका ५ मा कोरोनाका शंकास्पद व्यक्तिको मृत्यू भएको छ ।

भारतबाट फर्केपछि विरामी परेको र स्वास्थ्य अवस्था बिग्रेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लग्दा पनि भर्ना नलिएपछि अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यू भएको हो । प्रादेशिक अस्पतालले कोरोना परीक्षण गराएर ल्याएपछि मात्र भर्ना लिने भनेका कारण उनको मृत्यू भएको स्थानीयको भनाई छ । स्थानीय एक युवकले भने, ‘समयमा उपचार भएको भए उनी बाँच्न सक्थे । तर अस्पतालले भर्ना नै लिएन ।’ कोरोनाका कारण ति पुरुषको मृत्यू भएको थाहा पाएपछि गाउँबासी त्रसित बनेको छ । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुले कोरोना परीक्षण गराउन चाहेका छन् । तर उनीहरुको कोरोना परीक्षण गराइदिन नगरपालिकाका जनप्रतिनिधिहरुले चासो देखाएका छैन ।

नगरपालिका प्रमुख रामउदगार यादवले कोरोनाबाट ५ नम्वर वडामा एकजनाको मृत्यू भएको कुरा सुन्नमा आएको बताए । उनले भने, ‘मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइतवार कार्यालयमा आउन भनेका छौं । पिसिआर परीक्षण त यहाँ हुँदैन । उनीहरुलाई जनकपुर नै पठाउनुपर्छ ।’ कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने तयारी थालेको पनि नगरप्रमुख यादवले जानकारी दिए । उनले भने, ‘कोरोनाबाट सबै डराएका छन् । आइसोलेशन सेन्टर पनि गाउँमा सञ्चालन गर्न समस्या भइरहेको छ । यद्दपी दुई ठाउँबारे सोचेका छौं । आईतवार अनुगमन गरी छिट्टै सञ्चालनमा ल्याउँछौं ।’

Comment


Related News

Latest News

Trending News