अपडेट 
२०७८ बैशाख २६, आईतवार ०८:०९

भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना सङ्क्रमणबाट चार हजार भन्दा धेरैको ज्यान गएको छ ।

महामारीको दोस्रो लहर चलिरहेको भारतमा एकै दिन चार हजार एक सय ३३ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार लाख नौ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म दुई करोड २२ लाख ९५ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको भारतमा दुई लाख ४२ हजार तीन सय ९८ जनाले ज्यान गुमाइसकेका छन् । एक करोड ८३ लाख भन्दा धेरै निको भएका छन् । भारतमा अहिलेसम्म ३० करोड चार लाख भन्दा धेरैको पीसीआर परीक्षण भइसकेको छ ।

Comment


Related News