अपडेट 
२०७८ बैशाख २७, सोमबार ०७:०६

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ८९७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७६लाख ४२ हजार १८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १५ करोड ८९ लाख ५२ हजार ७९६ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ६४ लाख ७९ हजार ६२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साेमवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ०६ हजार २२३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ७२० जनाको ज्यान गएको छ । ८८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ९४ हजार ६६७ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख २ हजार ७८७ भन्दा बढी निको भइसकेका छन् ।

Comment


Related News