अपडेट 
२०७८ बैशाख २७, सोमबार ०७:०९

मुलुकभरका ६९ जिल्लामा निषेधाज्ञा लागू भएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणका रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको हो ।

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । बैशाख पहिलो सातादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा सुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन । सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास जारी राखेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै स्थानीय बासिन्दाले नै हेल्चक्र्याइँसमेत गरेको देखिएको जनस्वास्थ्यविदहरुले बताएका छन् । काेराेनाकाे दाेस्राे लहरबाट सुरक्षित रहनका लागि सरकारले जारी गरेकाे स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न सरकार तथा स्थानीय तहले सर्वसाधारणमा अपिल गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News