२०७८ बैशाख २७, सोमबार ०७:४१

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद कुमार यादवलाई मुख्यमन्त्री लालबाबु राउतले स्पष्टिकरण सोधेका छन् ।

मेसु यादवले कोभिड संक्रमितलाई खानाको व्यवस्थापन गर्नको लागि मारवाडी युवा मंचलाई पत्र लेखेका थिए । संक्रमितको व्यवस्थापनको लागि प्रदेश सरकारले रकम उपलब्ध गराएपनि खानको व्यवस्थापन गर्नको लागि पत्राचार गरेपछि मुख्यमन्त्री राउतले मेसु यादवलाई स्पष्टिकरण सोधेका हुन् । कोभिड विरामीहरुको खानाको लागि मारवाडी युवा मंचलाई पत्र लेखेको अस्पतालका मेसु डा. प्रमोद कुमार यादवलाई आइतबार विहानै मुख्यमन्त्री राउतले आफनो निवासमै बोलाएर सोधखोज गरे । मारवाडी युवा मंचले अस्पतालमा उपचाररत कोभिड विरामी तथा कुरुवाहरुलाई खाना वितरण गर्ने इच्छा जाहेर गरेपछि आफुले पत्र लेखेको मेसु यादवले स्पष्ट पारे । अस्पतालमा विरामीहरुको खानाको शिर्षकमा अझै १५ लाख रकम बाँकी रहेको र थप आवश्यक पर्ने रकम समेत प्रदेश सरकारले उपलब्ध गराउने तथा उपचारमा कुनै समस्या हुन नदिन मुख्यमन्त्री राउतले निर्देशन दिएका थिए । मारवाडी युवा मंचलाई लेटरप्याडमा खाना उपलब्ध गराउन लेखेको पत्र समाजिक संजालमा भाइरल भएको थियो ।

मंचकै एक जना पदाधिकारीले आपूmहरुले खाना सहयोग गर्न चाहेको इच्छा जाहेर गरेको र एउटा पत्र उपलब्ध गराइन दिन अनुरोध गरेपछि अस्पतालले पत्राचार गरेको मेसुको भनाई थियो ।

Comment


Related News

Latest News

Trending News