अपडेट 
२०७८ बैशाख २७, सोमबार ०७:४७

जीतपुर । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले नगरमा आईसोलेसन बनाउन चासो नदेखाएपछि युवाहरु आफै अग्रसर भई आईसोलेसन बनाएका छन् ।

उपमहानगरपालिका वडा नम्बर २ का युवाहरुले अक्सिजनसहितको १० शैयाको आईशोलेसन वार्ड बनाएका छन् । कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्बन्धीत निकायले चासो नदेखाएपछि युवाहरुले नै आईशोलेसन वार्ड बनाएका हुन् । वडा नम्बर २ स्थित पशुपतिनगरमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा अक्सिजनसहितको १० शैयाको आईशोलेसन वार्ड तयार गरिएको सामाजिक अभियन्ता प्रकाश ढुंगानाले जानकारी दिनुभयो । आईसोलेसनको व्यवस्थापन गर्न वडा नं. २ को कार्यालयले हालसम्म मौखिक प्रतिवद्वता मात्र व्यक्त गरेको भन्दै उहाले दक्ष जनशक्तिको लागी वडासंग पहल गर्ने र आईशोलेसन वार्ड सञ्चालन गरिने बताए । १० शैयाको आईशोलेसन वार्डमा ३ वटा अक्सिजन ग्याससहितको सिलिण्डर राखिएको छ ।

Comment


Related News

Latest News

Trending News