२०७८ बैशाख २७, सोमबार १४:०८

प्रतिनिधि सभा बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा विश्वासको मत लिदैछन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले संसदमा सम्बोधन गरिरहेका छन् । उनले कोरोना भाइरस महामारीविरुद्ध सरकारले गरेको प्रयासको जानकारी गराउँदै त्यसविरुद्ध सरकार सक्रिय रहेको बताएका छन् । अस्पतालको क्षमतावृद्धिदेखि लिएर खोप र अक्सिजन सिलिण्डन ल्याउनेसम्मको काम सरकारले गरिरहेको बताउँदै उनले जनताको जीवन रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए । त्यस्तो काममा भ्रष्टाचार सह्य नहुनेसमेत उनले बताए ।

प्रधानमन्त्री ओलीले भने–‘वर्तमान सरकार कुनै पनि हिसाबले अविश्वास गर्ने खालको होइन, चाहे राष्ट्रियताको सवालमा होस् वा अर्काे सवालमा भौगोलि अखण्डता राष्ट्रियता स्वाभिमान उठाउने सवालमा सरकारले कुनै कसर बाँकी राखेको छैन ।’ प्रधानमन्त्री ओलीले सरकारका असल प्रयासविरुद्ध तल्लोस्तरमा झरेर बदनाम गर्न खोजिएको बताए । कोरोनाविरुद्धको खोप खरीमा भ्रष्टाचार भएको भनी लगाइएको आरोप निराधार भएको दावी गरे ।

सरकार भ्रष्टाचारविरुद्ध खरो उत्रिएको भन्दै प्रधानमन्त्री ओली यदि कसैले गलत गरेको भए क्षम्य नहुने बताए । ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो’ ओलीले भने ।

Comment


Related News

Latest News

Trending News