अपडेट 
२०७८ बैशाख २७, सोमबार १७:२७

पर्सामा भालुको आक्रमणबाट एक दम्पत्ति घाइते भएका छन् ।

घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका ६२ वर्षीय हरिलाल पकवाल र उनकी ५६ वर्षीया श्रीमती विष्णुमाया रहेकी छन् । घरनजिकैको रामबुद्ध सामुदायिक वनमा घाँस काट्न जानेक्रममा दम्पत्तिलाई सोमबार दिउँसो करिब १२ बजेतिर भालुले आक्रमण गरेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए । घाइते दुवैजनाको स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । घाँस काटिरहेको समयमा एक्कासी भालुले आक्रमण गर्दा दुवै जनाको हात तथा खुट्टामा चोट लागेको उनले बताए ।

यसअघि पनि बाघको आक्रमणमा परी एकजना स्थानीय घाइते भएका थिए ।

Comment


Related News