२०७८ बैशाख २७, सोमबार १८:२९

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।

प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् । संसद सचिवालयले आजको मत परिणामसहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा पठाएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ।

Comment


Related News

Latest News

Trending News