अपडेट 
२०७८ बैशाख २८, मंगलवार १४:३२

भारतमा कोरोनाको दोस्रो लहरका बीच थोरै भएपनि राहतको खबर आएको छ ।

यहाँ सोमबार ३ लाख २९ हजार ३७९ नयाँ संक्रमितको पहिचान भएको छ तर ३.५५ लाख संक्रमित निको पनि भएका छन् । ६२ दिनपछि नयाँ बिरामीभन्दा निको हुने बिरामी बढी देखिएको हो । यसअघि ९ मार्चमा १७,८७३ कोरोना पोजेटिभ बिरामीको पहिचान भएको थियो र २०,६४३ जना निको भएका थिए । राहतको खबर यो पनि हो कि सोमबार भेटिएका नयाँ संक्रमितको संख्या पछिल्लो १५ दिनमा सबैभन्दा कम हो । यसअघि २६ अप्रिलमा ३.१९ लाख संक्रमित देखिएका थिए । पछिल्लो २४ घण्टामा ३,८७७ मानिसहरुले यो महामारीमा ज्यान गुमाए । यसका साथै सक्रिय संक्रमितमा ३०,४१२ जना कमी भएको छ ।

Comment


Related News