अपडेट 
२०७८ बैशाख २९, बुधबार ०७:०२

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ९०८ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ९६ हजार ६९६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १६ करोड ३ लाख  ६ हजार ५०३ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ८० लाख ४५ हजार ९९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ०८४ जनाको ज्यान गएको छ । ९७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख १३ हजार १११ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख १२ हजार १९ भन्दा बढी निको भइसकेका छन् ।

Comment


Related News