अपडेट 
२०७८ बैशाख २९, बुधबार ०७:२०

निजगढ नगरपालिकाले कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

नगरपालिकाले वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ बेड क्षमताको कोभिड अस्पताल संचालनमा ल्याएको निजगढका मेयर सुरेश कुमार खनालले बताए । न ग र प ा िल क ा ल े संचालनमा ल्याएको निशुल्क कोभिड अस्पतालमा होम अईसोलेसनमा उपचार सम्भव नभएकाहरुलाई राखेर उपचार गरिनेछ । कोभिड संक्रमितको उपचारकोलागी नगरपालिकाको सहयोगमा यसअघि पनि नगर क्षेत्रका बिभिन्न सामुदायिक तथा निजि अस्पतालहरुमा १२ बेड क्षमताको अईसोलेसन निर्माण गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले भने । यसैगरी कोभिड संक्रमितहरुलाई आवश्यकता परेको समयमा निजगढका मेयर खनालले प्रयोगमा गर्ने सवारी साधन निशुल्क एम्बुलेन्सको रुपमा संचालन गरिने भएको छ । नगर भित्रका कोभिड संक्रमित बिरामीहरुको उपचार सेवा प्रभावकारी बनाउन मेयर खनालले आफुले प्रयोग गर्ने सुमो निशुल्क एम्बुलेन्सको रुपमा संचालन गरिने जनाए । नगरपालिकाले होम अईसोलेसनमा बसेका कोरोना संक्रमित र कोरोना संक्रमणका लक्षण देखिएका बिरामीहरुलाई उपचार र परामर्श दिनको लागि र्यापिड रेस्पोन्स टिम समेत बनाएको छ । नगरपालिकाले साविकको निजगढमा प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक डाक्टर प्रिन्स तिवारी,भरतगंज सिंगौलमा उमेश गुरो र रतनपुर क्षेत्रमा दिनेश परियारको नेतृत्वमा र्यापिड रेस्पोन्स टिम बनाएको हो ।

नगरपालिकाले बनाएको र्यापिड रेस्पोन्स टिमले होम अईसोलेसनमा बसेका कोरोना भाईरस संक्रमित र कोरोनासंग लक्षण मिल्ने खालका बिरामीहरुको निगरानी गरि आवश्यक परामर्श र उपचारको व्यवस्था गरिने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताए ।

Comment


Related News

Latest News

Trending News