अपडेट 
२०७८ बैशाख २९, बुधबार ०७:४६

अहिलेको समय अत्यन्त सम्वेदनशील समय भइसकेको छ । दक्षिण एसियाका अधिकांश देशमा अहिले कोरोनाको उच्च लहर चलेको छ । दुई हप्ता पहिले सम्भवतः यस किसिमले कोरोनाको विस्तार होला भन्ने कल्पना पनि गरेका थिएनन् । यद्यपि विभिन्न स्वास्थ्य संस्थाहरुमा भने दुई हप्ता पहिले पनि कोरोना संक्रमितको भीड बढिसकेको थियो । एक दुई महिना पहिलेदेखि नै विभिन्न स्वास्थ्य संस्थाहरुले चेतावनी पनि दिएका थिए कि कोरोनाको दोस्रो लहर आउन सक्छ । दोस्रो लहर आउँछ भन्ने चेतावनीलाई सामान्यरुपमा लिएको देखिएको थियो र सम्भवतः दोस्रो लहर यति खतरनाक भएर आउला भन्ने अनुमान चाहिँ सर्वसाधारणले गरेका थिएनन् । यसको परिणति नै यो हुनुपर्छ कि अहिलेको अवस्था आएको हो । अहिलेको समय यस्तो छ कि देशको अधिकांश ठाउँमा कफ्र्यु लागेको छ । कफ्र्यु जनताको लागि नै लगाइएको हो । जनताको स्वास्थ्य सुरक्षाको लागि देशको अधिकांश ठाउँमा कफ्र्यु लगाइएको भए पनि किन हो किन धेरै मानिसले अझै पनि समयलाई गम्भीरतापूर्वक लिइरहेका छैनन् ।

समयलाई खेलाँची नै मानिरहेका छन् कि जस्तो देखिएको छ । निषाधाज्ञाको उल्लंघन गर्ने परिपाटी यसरी विकास भएको छ कि प्रहरीको आँखा छलेर मानिस बिना काम सडकमा निस्कने तथा स्वास्थ्य सावधानी वा सुरक्षा नपअनाई लापरवाहीपूर्वक काम गरिरहेका छन् । अझै पनि कोरोना केही पनि होइन भन्ने मनोविज्ञान कतिपयमा पाइएको छ । कोरोनाको डर धेरैमा छ तर अझै अल्प संख्यामा डर नभएको देखाउने प्रवृत्तिका मानिसले कोरोनाको यो कहरमा पनि आफूलाई निडर साबित गर्ने दुस्साहस गरिरहेका छन् । र सम्भवतः यस्ता दुस्साहसीका कारण लापरवाही बढेको छ र लापरवाहीको आडमा कोरोनाको विस्तार भइरहेको छ । कतिपयले निकै सावधानी अपनाएका छन् । गत वर्ष सावधानी अपनाउनेलाई नै नकारात्मक रुपमा हेर्ने पनि गरिएको थियो र कहिलेकाहीँ त हेप्नेसम्मको काम भएको थियो तर यसपटक सावधानी अपनाउनेलाई भने राम्रो नै भनिएको छ । जसले सावधानी अपनाइरहेको छैन, उसले पनि सावधानी अपनाउनेलाई राम्रो भनिरहेको अवस्था भने रहेको छ । अरुले अपनाएको सावधानीलाई राम्रो पनि मान्ने र सावधानी नअपनाउने समूह पनि हरेक गाउँ र टोलमा रहेका छन् । यस्ता अद्र्धब्रुजुकहरुबाट अझ धेरै सावधान हुनुपर्ने आवश्यकता छ । यस्ता अद्र्धब्रुजुकहरुबाट परिवार र गाउँ टोलका साथै समाज नै हैरान छ । यिनीहरुले आफू संक्रमित भएको वा नदेखिएको अवस्थामा अरुलाई सारेको थाहा पाउँदैनन् वा सार्न सकिन्छ भनेर पनि पत्याउँदैनन् । अहिले मौसमी ज्वरो नै सही तर गाउँघरमा निकै फैलिएको पाइएको छ । मौसमी ज्वरो हो कि भाइरल ज्वरो ? वा कोरोनाको लक्षण नै देखिएको हो ? यस विषयमा भनिहाल्न सजिलो छैन ।

गाउँघरमा मानिस बिारमी हुन्छन् र आफै गएर ज्वरोको औषधि किनेर खान्छन् । अन्य चेक गराउन तयार नै हुँदैनन् । यसरी कोरोना परीक्षण नगराई कतिपय मानिस मरिरहेका पनि छन् । यसरी मरिरहेका मानिसको मृत्यु कोरोनाको कारण भएको हो वा अन्य कारणले छुट्याउन पनि मुस्किल भइरहेको छ । सर्वसाधारण जबसम्म स्वास्थ्यमा जटिल समस्या सिर्जना भइरहेको छैन तबसम्म अस्पतालमा पुगिरहेको देखिएको छैन । जटिल स्वास्थ्य समस्या भएपछि अस्पताल पुग्दा भने अस्पतालमा ठाउँको अभाव आदिको प्रश्न आउन थाल्दछ । जब कुनै पनि किसिमले बिरामीको संख्या बढ्दछ तब स्वास्थ्यकर्मीको महत्व बढ्न जान्छ । अहिले स्वास्थ्यकर्मीलाई विभिन्न देशले भगवान वा देवतासित तुलना गरिरहेका छन् । यस कठिन समयमा सर्वसाधारण आफूलाई जसरी हुन्छ भरभित्र राख्न खोजिरहेका छन् र सामान्य बिरामी हुँदा पनि अस्पताल जान खोजिरहेका छैनन् भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु सामान्यतया अस्पतालबाट घर जान मानिरहेका छैनन् । अस्पतालबाट घर जान दुई किसिमको समस्या स्वास्थ्यकर्मीको अगाडि रहेका छन् । पहिलो समस्या यो हो कि जथाभावी घर जाँदा अस्पतालबाट आफूसँगै कोरोनाको भाइरस पनि घर जाने हो कि ? स्वास्थ्यप्रति सदैव सम्वेदनशील रहने स्वास्थ्यकर्मीहरु आफ्नो घरपरिवारको स्वास्थ्यप्रति पनि सम्वेदनशील रहेका हुन्छन् । यसकारण सम्भव भएसम्म कमभन्दा कम आफ् नो घर जान खोजिरहेका हुन्छन् । घर नजाने अर्को कारण पनि रहेको छ, त्यो हो बिरामीको चिन्ता । अस्पतालहरु बिरामीले भरिभराउ छन् । अस्पतालमा रहेका बिरामीको स्वास्थ्य एकै किसिमको हुँदैन । कतिपयको स्वास्थ्य जटिलबाट विस्तारै सरलतिर गइरहेको हुन्छ भने कतिपयको स्वास्थ्य सरलबाट जटिलतिर गइरहेको हुन्छ । सबैले बुझेको सत्य यो पनि हो कि जसरी स्वास्थ्य संस्थामा क्षमताभन्दा बढी बिरामीहरु पुगिरहेका छन्, त्यसै गरी लगभग अधिकांश स्वास्थ्य संस्थामा आवश्यकताभन्दा कम नै स्वास्थ्यकर्मीहरु रहेका छन् ।

कम स्वास्थ्यकर्मीबाट बढी बिरामीलाई स्वास्थ्य ेवा दिनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्यको चिन्ता गर्नु मानवीय र स्वास्थ्य पेसा दुवै दृष्टिकोणले उत्तरदायीपूर्ण देखिन्छ । निस्सन्देह स्वास्थ्य सेवा मानवीय पेसा हो । पूरा विश्व नै महामारीसित जुधिरहेको र हाम्रो समाज पनि गम्भीर मानवीय स्वास्थ्य समस्यामा परेको वर्तमान अवस्थामा स्वास्थ्यकर्मीले नै पेसाको दृष्टिकोणले सबैभन्दा बढी चिन्तित हुनुपर्ने हो । हरेक स्वास्थ्यकर्मीले उत्तिकै गम्भीरतापूर्वक र जिम्मेवारीपूर्वक काम गरिरहेको परिवेशमा नर्सको भूमिका झन् विशिष्ट बन्न पुगेको देखिन्छ । हाम्रो मधेसी समुदायमा नर्समाथि अझ दोहोरो जिम्मेवारी रहेको छ । मधेसी समुदायबाट नर्स बनेका महिलाहरुले भने एकातिर दिन र रात अस्पतालको अ ा व श् य क त ा न ु स ा र अस्पतालमा बिरामीको सेवा गर्नु पर्ने हुन्छ भने जतिखेर र जसरी फुर्सद पाइन्छ, उतिखेरै घर पनि पुग्नु पर्ने हुन्छ । मधेसी समुदायका महिला नर्समा भने घरपरिवारलाई पनि समय दिनुपर्ने, घर परिवारलाई संक्रमित हुनबाट बचाउनु पर्ने र अस्पतालमा पनि निरन्तर खटिरहनु पर्ने दायित्व रहेको छ । निसन्देह हाम्रो समाज अझै कतिपय मामिलामा संकुचित दृष्टिकोण राख्ने हुनाले यदि पायक पर्नेसम्म अस्पताल नजिक छ भने सम्भव भएसम्म अस्पतालमा बस्न चाहँदैनन् ।

अस्पतालमा नबस्ने तर अस्पताले रात्री वा दिउँसो जतिखेर खटाउँछ, जसरी खटाउँछ त्यसरी बिरामीको सेवा गर्नुपर्ने अवस्था रहेको छ । वर्तमान अवस्थामा नर्सको भूमिका अत्यन्त सम्वेदनशील देखिएको छ । यदि अस्पतालमा नर्सको भूमिकालाई विचार गर्ने हो भने विरामी र डाक्टरको बीचमा पुलको भूमिका अहिले नर्सले निर्वाह गरिरहेको देखिन्छ । बिरामीलाई सबैभन्दा बढी हेरविचार गर्ने नै नर्सले हो । यसैकारण सामान्य अवस्थामा बिरामीले नर्सलाई डाक्टर साहेबको सम्मान दिएका हुन्छन् । जानकारी पनि छ कि नर्सलाई सामान्यतया सिस्टर वा दिदी भनेर बोलाइन्छ । नर्सको लागि दिइएको सिस्टर वा दिदीको उपनाम औपचारिक भने होइन । जसरी पत्रकारितालाई अनौपचारिक रुपमा देशको चौथो अंग भनिन्छ, त्यसै गरी नर्सिङ पेसामा आबद्ध महिलालाई स्वाभाविक दिदी वा सिस्टर भन्ने गरिएको छ । दिदी वा सिस्टर भनेर सम्बोधन गर्दा पनि हुने तर सर्वसाधारणले भने अस्पतालमै डाक्टर साहेब भनेर सम्बोधन गरी बिरामी वा आफन्त कुरुवाले नर्सको सम्मान बढाएका हुन्छन् । बिरामी र कुरुवालाई यति थाहा छ कि नर्सलाई खुसी पारेर जुन सेवा प्राप्त गर्न सकिन्छ, त्यही प्राप्त गर्नुछ । बिरामीलाई निको बनाउनमा नर्सले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा नर्सलाई खुसी र सन्तुष्ट पार्दा अझ राम्रो सेवाको अपेक्षा गर्न सकिन्छ । हुन त नर्स पनि मानिस नै हो । भोक, तिर्खा, निद्रा, थकाइजस्ता आधारभूत जैविक दैनिक आवश्यकता नर्सहरुलाई पनि हुन्छ । यस अवस्थामा घरायसी र पारिवारिक जिम्मेवारी पनि नर्सहरुको हुन्छ । कहिलेकाहीँ व्यक्तिगत तनाव पनि आ अस्वस्थ्ता पनि नर्सलाई हुन सक्छ तर जुन वा जेजस्तो परिस्थितिमा पनि नर्सले सेवा गर्दा बिरामी वा बिरामीका आफन्त कुरुवाबाट यदि हार्दिकता वा सम्मान पाउँछन् भने नर्सलाई पनि आफ्नो पेसामा बढी मन लाग्छ ।

बिरामीलाई हेरविचार गर्नु त कर्तव्यै हो नर्सको तर पेसामा सम्मान हुँदा, आत्मीयता पाउँदा तथा आफ्नोपन अनुभव हुँदा पेसा कहिल्यै बोझजस्तो लाग्दैन । र, मानवीय गुण नै हो कि जहाँ सम्मान र आफ्नोपन दुवै अनुभूति हुन्छ, त्यहाँ काम गर्न मन लाग्छ । लाग्छ कि काम मात्र होइन अर्थात् प्राविधिकरुपमा काम गरेको देखाउनु मात्र छैन, आफूले काम गरेकोमा आफ्नै हृदयलाई सन्तुष्ट पार्नु छ । अरुलाई ठग्न होइन आफ्नै सन्तुष्टिका लागि आफ् नो योग्यता र दक्षताको पूर्ण उपयोग गर्नु छ । यही सेवा र समर्पण भावले नर्सलाई आफैमा महान सेवाको पेसाको श्रेणीमा उभ्याउन सफल भएको देखिएको छ । आज विश्व नर्स दिवस हो । इटालीको फ्लोरेन्स भन्ने सहरमा जन्मिएकी फ्लोरेन्स नाइटेंगलको जन्म दिवसको अवसर पारेर विश्व नर्स दिवस १२ मईका दिन मनाउने गरिन्छ । झन्डै दुई सय वर्ष पहिले जन्मेकी फ्लोरेन्स नर्स बनिन् र यस पेसालाई अत्यन्त उच्च सम्मान दिलाइन् विश्वमा । विश्वले उनलाई लेडी विथ द ल्याम्प भनेर चिन्दछन् । हातमा बत्ती लिएर बिरामीको उपचार गर्ने गर्दथिन् । संसारभरिका नर्सहरुको सम्मानमा मनाइने यो दिवस नेपालमा भने वि.स. २०२३ देखि मनाउन थालिएको पाइन्छ । आज नेपालमा पनि नर्सहरु सम्मानका साथ आफ् नो पेसामा लागेका छन् र यस महामारीको समयमा अत्यन्त सम्वेदनशील तथा जिम्मेवार भएर काम गरिरहेका छन् । नर्सको कर्मलाई सलाम छ र यस पेसामा रहेका नेपाल लगायत विश्वका सबैप्रति सम्मान अर्पण गर्दै विशेष शुभकामना छ । अहिलेको महामारीमा नर्सहरुले अझ बढी सेवा गरेर ठूलो सम्मान आर्जन गर्न सकून् ।

Comment


Related News

Latest News

Trending News