अपडेट 
२०७८ बैशाख २९, बुधबार ०७:५६

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा आपतकालिन कोभिड १९ बाट बच्न निशुल्क अक्सिजन बैँकको स्थापना भएको छ ।

कोभिडका बिरामीहरुलाई मात्र लक्षित गरि निशुल्क अक्सिजन बैँक स्थापना गरिएको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले जानकारी दिए । जीतपुरसिमरा नगर उद्यँोग बाणिज्य संघ, लायन्स क्लब अफ जीतपुरसिमरा र हातेमालो साकोस सिमराको समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको सहकार्यमा जगदम्बा स्टील प्रा.लिको मुख्य सहयोगमा अक्सिजन बैँकको स्थापना भएको हो । निशुल्क अक्सिजन बैँक सञ्चालन सहज र ब्यवस्थित गर्न नगर उद्योग बाणिज्य संघका अध्यक्ष साहको संयोजकत्वमा ९ सदस्सीय समिती गठन गरिएको छ । ईलाका प्रशासन कार्यालय सिमराको सिफारिसमा मधु अक्सिजन ईन्डष्ट्रिज प्रा.लि.बाट जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले एक सय थान अक्सिजन सिलिन्डर प्राप्त गरेको हो । सो सिलिन्डरलाई हाललाई ईलाका प्रहरी कार्यालय सिमराको अधिनमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News