अपडेट 
२०७८ बैशाख २९, बुधबार ०८:००

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा मंगलबार १९४ महिलासहित ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबभन्दा बढी धनुषामा १६४ संक्रमित फेला परेका हुन् । जसमध्ये सबभन्दा अधिक जनकपुरधामकै छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवार पर्सामा १४४, महोत्तरीमा १ सय, सप्तरीमा ४५, सिरहामा मात्र १, रौतहटमा ५१, सर्लाहीमा ११ र बारामा ९० जना संक्रमित थपिएका छन् । साथै यस प्रदेशमा बस्ने अन्य जिल्लाका १० जना पनि संक्रमित भएका छन् । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि तीब्र गतिले बढिरहेको छ । संक्रमित संख्या ६ हजार ७९० पुगिसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये सबभन्दा बढी पर्सामा २ हजार ४७८ र धनुषामा १ हजार ५७४ छन् । यस्तै सिरहामा २८७, महोत्तरीमा ७४१, सर्लाहीमा ७४, रौतहटमा ४८७, बारामा ६८६ र सप्तरीमा ४६३ सक्रिय संक्रमित भइसकेका छन् । कोरोनाबाट यस प्रदेशमा थप ७ जनाको मृत्यू भएको तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तर यो तथ्यांकमा धेरै मृतक छुटेको अस्पतालहरुको उपलब्ध गराएको तथ्यांकले देखाएको छ । निर्देशनालयका अनुसार पर्सामा मात्रै ६ जना मृतक थपिएको छ । बिन्दवासिनी गापा ४ का ५० वर्षीया महिला, पकहा मैनपुर गापा ५ की ३८ वर्षीया महिला, वीरगंज मनपा १० की ६० वर्षीया महिला, वीरगंज मनपा १३ की ६५ वर्षीय पुरुष, वीरगंज मनपा २ छपकैयाका ४५ वर्षीय पुरुष र बहुदरमाई नपा २ सिरसिया बैरीका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यू भएको हो । यस्तै सप्तरीको कञ्चनरुप नपा १५ का ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणले नै मृत्यू भएको छ । बैशाख २१ गते धरानमा स्वाब दिएर परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यू भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News