२०७८ बैशाख २९, बुधबार १९:२७

पर्सामा जरी रहेको निषेधाज्ञाको समयावधीलाई एक हप्ता थपिएको छ ।

वीरगंज लगायत पर्सा जिल्लामा आगामी जेठ ६ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे समक्ष जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साको (डीसीसीएमसी) बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको थियो। पर्सामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाई कोरोना महामारीको चेन ब्रेक गर्ने नीति लिइएको छ। यसैगरी, बैठकले नारायणी अस्पतालमा २४ घण्टा पीसीआर परीक्षणका लागि ३ जना प्राविधिक ३ महिनाका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको छ। ती कर्मचारीले डीसीसीएमसीबाट तलब पाउने छन्।

त्यसैगरी, भारतबाट वीरगंज नाका हुँदै भित्रिने नेपाली नागरिकलाई होल्ड गर्न वीरगंज भन्सार नजिकको गोदामको जग्गालाई उपयोग गर्न सीसीएमसीसँग अनुमति मागिएको छ। कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मुस्लीम धर्मावलम्बीहरुको महान चाड ईदको अवसरमा मस्जिद, बजार लगायतका ठाउँमा भिडभाड नगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आ(आफ्नो घरमा मनाउन अनुरोध गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादले बताए ।

Comment

Related News

Latest News

Trending News