अपडेट 
२०७८ बैशाख ३०, बिहीबार ०६:४९

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५८१ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७ लाख ४१ हजार ५७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १६ करोड १० लाख  ६७ हजार ६७९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ८८ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ४४ हजार ४९९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार २५२ जनाको ज्यान गएको छ । १ लाख १ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख २२ हजार ३४९ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख १६ हजार ४६३ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News