अपडेट 
२०७८ बैशाख ३०, बिहीबार ०७:१५

कलैया । कोरोनाको दोश्रो लहरबाट जोगिन सिम्रौनगढ नगरपालिकाले नागरिकका लागि सुरक्षाको पुर्व तयारी स्वरुप प्रत्येक वडामा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने भएको छ ।

कोरोनाबाट संक्रमित ब्यतिmहरुलाई पहिलो फेजमा ज्यान जोगाउनका लागि आइसोलेसन वेडमा राखेर उपचार गर्न उपयुतm देखिएको हुदा सो निर्णय गरिएको नगरप्रमुख बिजयशंकर यादवले जानकारी दिए । नगरप्रमुख यादवको अध्यक्षतामा बसेको बैठकले जस्तो सुकै अवस्थामा नागरिकको ज्यान बचाउनका लागि नगर भित्रका सबै सयन्त्रहरु परिचालन गर्नमा कुनै कसर बाँकी नराख्ने निर्णय भएको छ । आवश्यकता अनुसारको निशुल्क एम्बुलेन्स सेवा, ल्याब चेक जाँच निशुल्क, प्रत्येक वडामा अक्सिजन सहितको कमसे कम १ वटा इमर्जेन्सी बेडको सुबिधा, कोभिड १९ संक्रमित लक्षणसहितको बिरामीकोलागि गुणस्तरीय निशुल्क आइसोलेशन कक्षको बेवास्था गरिने नगरप्रमुख यादवले जानकारी दिए । नगरभित्रको प्रत्येक स्वास्थ्य चौकीमा फिभर क्लिनिक कोभिड १९ को गाइडलाइन अनुसारको औषधि समेतमा सन्चालन तथा सोको उपचार गर्ने, फिभर क्लिनिकमा लक्षण अनुसारको पहिचान भएको बिरामीको पिसिआर जांचको सम्पुर्ण व्यवस्था गरिने भएको छ । नगर प्रमुखले प्रयोग गर्दै आएको गाडीलाई नगरबासीको जीवन रक्षा एवम् कोभिड उपचारमा चाहिने औषधि तथा अन्य स्वास्थ्य सामग्रीहरु ढुवानीमा प्रयोग गरिने भएको छ ।

नगरबासीको जीवन रक्षा एवम् कोभिड उपचारमा चाहिने औषधि तथा अन्य स्वास्थ्य सामग्रीहरु ढुवानीका लागी गाडीको प्रयोग गरिने भएको छ । साथै लक्षण देखिएको संक्रमित बिरामिको कन्ट्याक्ट् ट्रेसिङ अनिवार्य गर्दै कोभिड १९ को संक्रमण रोकथामका लागि नगर स्तरीय अनुगमन टोलि परिचालन गरिने निर्णय पनि भएको नगरप्रमुख यादवले बताए । अति आवश्यक सामग्री किन बेच गर्दा अनुगमन टोली अनुसारको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेको हुनुपर्ने, प्राइभेट अस्पताल तथा क्लिनिकलाई नेपाल सरकारले बनाएको सुरक्षा मापदण्ड अपनाउन लागु गर्ने र बिषेश अवस्था आइपरेमा नगरपालिकाबाट सहकार्य गरि स्वास्थ्य लाभ लिन सबै नगरबासिलाई आग्रह समेत गरेको हो ।

Comment


Related News

Latest News

Trending News