२०७८ बैशाख ३०, बिहीबार ०७:२९

रौतहटको गरुडाबाट लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार मनोज कुमार चौधरीको बुधबार साँझ निधन भएको छ ।

कोरोनाका कारण उनको निधन भएको बताइएको छ । कोरोना संक्रमित चौधरीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो । बुधबार साँझा साढे ५ बजेतिर उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गएको बैशाख १५ गतेदेखि उनी नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना थिए । रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं.४ मा बस्ने ४० वर्षीय पत्रकार चौधरी झण्डै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए । स्थानीय रेडियोको व्यवस्थापक भएर काम गर्दै आएका थिए । एमके चौधरीले चिनिने उनी गएको चार वर्षदेखि जनकपुर टुडे राष्ट्रिय दैनिकमा गरुडाबाट रिपोर्टिङ गर्दै आएका थिए । उनको पत्नी, एक छोरा र एक छोरी रहेको छन् ।

Comment


Related News

Latest News

Trending News