२०७८ बैशाख ३०, बिहीबार १६:०३

प्रदेश २ सरकारले बिहीबार नारायणी अस्पताललाई दुई थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री लालबावु राउत गद्दीले अस्पतालमै पुगेर दुई थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमितको उपचारमा लाभदायक देखिएको दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादवले जानकारी दिए । प्रदेश सरकारले उपयुक्त समयमा भेन्टिलेटर ल्याईदिएको भन्दै अस्पतालका सञ्जय ठाकुरले धन्यवाद दिए । ‘संक्रमितलाई हाईफ्लो अक्सिजन दिँदा समेत पुग्दैन, कहिलेकाँही स्थिति गम्भिर भएर भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।’ उनले भने ‘ प्रदेश सरकारले २ थान उपलब्ध गराएको छ, आवश्यक पर्दा संक्रमितको उपचारमा प्रयोग गर्छौ ।’ हस्तान्तरणका क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले अक्सिजन लगायत अति आवश्यक औषधि व्यवस्थापन गर्न नारायणी अस्पताललाई २० लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् । ‘ नागरिकको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हो ।’ उनले भने ‘ संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्नुस्। तत्काल अक्सिजन तथा अन्य अत्याआवश्यक औषधी व्यवस्थापनका लागि २० लाख सहयोग गर्छौ । आवश्यक परे थप सहयोग पनि गर्छौ ।

प्रदेश सरकारले बिहीबार नै पोखरिया अस्पतालमा ५ लाख रुपैयाँ हस्तान्तरण गर्दैछ।

Comment


Related News

Latest News

Trending News