अपडेट 
२०७८ बैशाख ३१, शुक्रबार ०६:५६

दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएकाे छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको हाे ।

गृह मन्त्रालयका अनुसार तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्वबाहेक ७३ जिल्लामा निषेधाज्ञा लागू छ । हिमालपारिको जिल्ला मुस्ताङमा पनि बिहीबारदेखि निषेज्ञाधा लागू गरिएको छ । ६८ जिल्लामा पूर्ण रूपमा तथा मुस्ताङ, सप्तरी, धनकुटा, काभ्रे र ताप्लेजुङमा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । संक्रमण भयावह बन्दै जाँदा उपचार नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा दुई सय १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । बिहीबार पीसीआर र एन्टिजेन परीक्षणमा आठ हजार नौ सय ६० जनामा संक्रमण देखिएको छ । किट अभावमा परीक्षण न्यून भइरहेको मन्त्रालयले जनाएकाे छ । स्वाब दिएकाले पनि समयमा रिपोर्ट पाइरहेका छैनन् । कुनै कुनै जिल्लामा परीक्षण गरेकामध्ये ७९ प्रतिशतसम्म पनि संक्रमण देखिएको मन्त्रालयकाे भनाइ छ ।

बागमती प्रदेशको राजधानी मकवानपुरमा वैशाखयता बुधबारसम्म तीन हजार नौ सय ८६ जनाको परीक्षण भएको छ । तीमध्ये तीन हजार एक सय ५० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News