
जनकपुरधाम । महोत्तरी प्रहरीले बिहीबार एक थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।
महोत्तरीको बर्दिवास न. पा. ५ स्थित टुटेश्वर मन्दिर जाने जंगलको भित्री सडक खण्डमा अस्थाई प्रहरी पोष्ट माईस्थानबाट गस्तीमा खटिएको टोलीलाई देख्न साथ प्र.२–०२–००२ प ५३५७ नं.को स्कुटीमा आईरहेको चालकले १ थान भरुवा बन्दुक र सो मा लाग्ने फलामको बलको झोला र स्कुटी समेत छोडी फरार भएको थियो । स्कुटी, भरुवा बन्दुक र त्यसमा लाग्ने फलामको बल, २५ ग्राम बारुद जस्तो देखिने कालो धुलो सहितको झोला नियन्त्रणमा लिएको थियो । स्कुटी चालकको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।