जनकपुरधाम ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका लागि मैथिलीको एउटा उखान सटिक मिलेकोछ ।‘कानी खतायल बर रहिएगेल, डोली चढल कनिया घुरिएगेल ।’ सत्तारोहणको अन्तिम चरणमा एमालेको नेपाल–खनाल समुहले धोका दिएपछि देउवाको प्रधानमन्त्री बन्ने सपना चुर भयो ।नेपालकै दरिलो साथ पाएर देउवा प्रधानमन्त्री बन्न अग्रसर भएका थिए ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली फेरी प्रधानमन्त्री नियुक्त भएका छन् ।उनलाइ राष्ट्रपति विद्या देवी भण्डारीले बिहिवार अबेर राती प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरु सहित शुक्रवार दिउँसो साढे २ बजे सपथग्रहण गर्ने छन् । उनलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा रहेको सबै भन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६को २ बमोजिम विहिवार राती ९ बजे सम्म दुई वा दुई भन्दा बढी दलहरुलाई बहुमतको सरकार बनाउन आव्हान गरेकी थिइन् ।प्रधानमन्त्री ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकारका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।तर सो समयावधिमा दलहरुले बहुमतको सरकार बनाउने दावी पेश गर्न सकेनन् । सत्ताका चतुर खेलाडी मानिएका ओलीले आफ्ना कट्टर बिरोधी जनता समाजवादी पार्टी( जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रभावित पार्न सफल हुनुका साथै ९ हप्तादेखि चर्को बिरोधमा उत्रेका माधवकुमार नेपाललाई फकाउन समेत सफल भए । माधवकुमार नेपालको भरमा प्रधानमन्त्री हटाउने प्रयास गर्ने अडानमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई आखिर नेपालले ठूलै धोका दिएर उनी एमालेमा ‘कमब्याक’ गरेका छन् ।
नेपालको जीवन रक्षाका लागि प्रचण्डपनि संकटमा परेका छन् । ओली र नेपालबीच दिउँसो झण्डै ४ घण्टा चलेको वार्तापछि नेपालले तत्कालका लागि सांसदहरुको राजिनामा टरेको र पार्टी सञ्चालनको सबालमा सकारात्मक सहमति भएको प्रतिकृया दिएका थिए ।उनकै कारण प्रधानमन्त्री फेर्ने विपक्षी दलहरुको रणनीति असफल भयो । प्रधानमन्त्रीका लागि देउवाले बहुमत पुग्ने दुईवटा भरपर्दो बिकल्प देखेका थिए ।पहिलो बिकल्प एमालेका नेपाल–खनाल समुहका २० जनाले राजिनामा दिने र दोस्रो जसपाको सिंगो समर्थन आउन सक्ने उनको विश्वास थियो ।तर दुबै बिकल्पलाइ ओलीले धराशायी बनाएपछि देउवाको सत्तारोहणको तयारी पुरा हुन सकेन् । विपक्षीलाई बहुमत जुटाउन नदिन ओलीको भन्दा बढी सकृय जसपाका ठाकुर र महतो देखिए ।उनीहरु दिनभरिमा कयौं पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाए ।राष्ट्रपति कार्यालयपनि पुगे ।काँग्रेस सभापति देउवाको निवास जानपनि भ्याएका ठाकुर र महतोले आफ्नै सांसदमाथि विश्वास नगरि भक्तपुरको एउटा रिर्सोटमा थुने । अन्य सबै दलहरुले राजनीतिक घटनाक्रमलाई कम्तिमा पदाधिकारी र स्थायी कमिटी बैठकको निर्णयगर्दै अगाडी बढेपनि जसपाका ठाकुर र महतो पार्टीको बैठकमा चासो नलिई शक्तिकेन्द्रहरु धाइरहे ।राजनीतिक संस्कार भएको दल जसपा न भै अराजकहरुको कुनै क्लव रहेको देखियो । सत्ताको फोहरी खेलबाट तत्कालै सर्वाधिक लाभान्वित नेपाल भए ।एमाले राजनीतिबाट पूर्ण रुपमा बाहिरिएका नेपालका लागि भने समानान्तर समितिहरुको समायोजन, खिमलाल देवकोटाको उम्मेदवारी लगायतका विषयहरुको व्यवस्थापन कम्ति चुनौती छैन् ।



