अपडेट 
२०७८ जेष्ठ १, शनिबार ०७:२४

कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले बालबालिका तथा किशाेररकिशाेरीका लागि खोप दिनुको सट्टा गरिब देशका वयस्क मानिसको लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गर्नुभएको छ । उहाँले कोरोना विरुद्धको खोपको वितरण असमान् रहेको भन्दै पहुँच कम भएका मानिसलाई खोप पुर्याउन कोभ्याक्सका लागि आपूर्ति बढाउन आग्रह पनि गर्नुभयो ।

अमेरिकाले गएको हप्ता १२ देखी १५ वर्षका किशाेर किशाेरीलाई खोप दिने घोषणा गरेकाे थियाे । अरु देशले पनि तयारी गरिरहेका छन् । यसबाट कम आय भएका देशका वयस्क मानिसले खोप पाउने समय पर धकेलिने भन्दै डब्ल्यूएचओले अहिले वयस्क मानिस नै खोपको आवश्यकतामा रहेको बताएको छ ।

सबै स्वास्थ्यकर्मीहरुले समेत खोप नपाइरहेकोले अहिले स्वास्थ्यकर्मी लगायत कोरोना विरुद्ध अग्र पङ्क्ति मा रहेकाहरुलाई प्राथमिकता दिन पनि निर्देशक गेब्रियसको आग्रह छ ।

Comment


Related News

Latest News

Trending News