अपडेट 
२०७८ जेष्ठ १, शनिबार ०७:५४

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । प्रदेशभित्र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका सामाजिक विकास मन्त्री नवलकिशोर साह र वन , पर्यटन तथा उद्योगको जिम्मेवार मन्त्री रामनरेश राय यादवको । तस्वीरमा दुबै मन्त्री प्रदेश भित्रका मठ–मन्दिरहरुको स्थलगगत निरीक्षण भ्रमण गर्दै गरेको दृश्य देखिन्छ । मठ– मन्दिरको दर्शन,पूजा अर्चना हाम्रो संस्कार हो । त्यसमा पनि प्रदेश कोरोनाबाट आक्रान्त रहेको वेला मठ मन्दिरमा पूजा अर्चना गर्नु , देवी देवतासंग कोरोना मुक्तिको आशीष थाप्नु जिम्मेवार व्यक्तिको जिम्मेवारी नै हो । सम्भवत ः दुबै मन्त्रीजी देवी देवतासंग कोरोनामुक्तिको आशीष थाप्न गएका थिए । तर नारदवंशी सञ्चारकर्मीहरुले भने समाचारको अर्कै एंगल बनाए – गाम करे हूलि मारि आ केदन मांगे चुम्मा । उनिहरुको सुझाव छ – अस्पतालहरुको बेड भरिभराउ भएको वेला , अक्सिजन तथा भेन्टिलेटरको आभाव रहेको वेला मन्त्रीजीहरुले चहार्ने भनेको अस्पताल हो ।

सम्भवत ः मन्त्रीजीहरुको निज सचिवालयले पोष्ट गरेका ती फोटाहरु भन्दा मलाई विहीवार रातिको फोटोलाई भाइरल गर्न मन लाग्यो । जनकपुरधाम उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष जीतेन्द्र महासेठको पोष्टलाई सेयर गर्न मन लाग्यो । महासेठ आफ्नो फेसबूक वालमा लादो बेलामा युवा व्यावसायी सुनिल कुमार साहले स्थापना गर्न लागेको अक्सिजन प्लान्टको तस्वीर राखेका छन् अनि लेखेका छन् –‘ अक्सिजन प्लान्त संचालनमा कम्तीमा १५ दिन लाग्ने अवस्थालाई छोट्याएर अगामी ५ दिनमा तयार गर्ने गृहकार्य भई रहेको छ । यसका लागी महावीर पुनजी,डा.धीरेन्द्र साह र मनोज महासेठलगायत दिनरात खटिई रहेका छन् ।’ मुलुकमा कोरोना संक्रमितको संख्या निरन्तर बढि रहेको छ । अक्सिजनको आभाव छ । भेन्टिलेटर पाउन गाह्रो छ । यस्तो अवस्थामा अक्सिजन जस्ता प्राणवायुको उत्पादन गर्ने मनुवा साचो अर्थमै सच्चा समाजसेवी हुन र यसमा सहयोग गर्ने हातहरु प्रशंसाका पात्र । धन्यवाद प्राणवायु उत्पादनमा जुटेका समाजसेवीहरु । शुक्रवार अपरान्ह संविधानको धारा– ७६ को उपधारा ३ अनुसार केपी शर्मा ओली पुन ः प्रधानमन्त्री नियुक्त भए संगै मुलुकमा विगत पा“च महिनादेखि चल्दै आएको राजनीतिक ड्रामाको पटाक्षेप भएको छ । कोरोनाको दोश्रो लहर सुरु भएसंगै गत पुसमा प्रधानमन्त्री ओलीले संसद विगघट गर्ने निर्णय गरेका थिए ।

कोरोना संक्रमणलाई वेवास्ता गर्दै मुलुकमा ठुल ठुला राजनीतिक सभाहरु भए । जिन्दावाद र मूर्दावादका नाराहरु लगाइए । प्रमं ओली भर्सेस अन्य ( देउवा–प्रचण्ड–माधव ,उपेन्द्र–बाबूराम , महन्थ –राजेन्द्र ) को संघर्षमा नागरिक समाजका अगुवाहरु पनि सहभागी भए । देशमा आन्दोलनको आधिवैरी सृुजना भयो । शुक्रवार केपी ओली तेश्रो पटक प्रधानमन्त्रीको शपथ लिई रहदा सडकमा माधवकुमार नेपाल देखिएन । हिजो एउटा होटलमा झुल्किएका महन्थ र राजेन्द्रको समूह पनि गायव थिए । बुडा निलकण्ठ बैठकमा सहभागी हुन गएका उपेन्द्र यादवको अनुहार पनि मलिन थियो । चार सांसदलाई बरखास्त गरेपछि २७१ मा झरेको प्रतिनिधिसभामा ३४ सांसद भएको जनता समाजवादी पार्टी निर्णायक अवस्थामा छ । एकिकृत जसपा सरकार बनाउने र बिगार्ने हैसियत राख्दछ । पद र मुद्दाका लागी बार्गेनिंग गर्न सक्दछ । जसपा एकिकृत रह्न सकेको भए , मुलुकमा नया“ इतिहास लेखिन सकिन्थियो । मधेसी प्रधानमन्त्री हुन सकिन्थ्यिो । व्यक्ति महन्थ ठाकुर भएपनि हुने उपेन्द्र यादव भएपनि हुने । तर मधेसी प्रधानमन्त्री हुन सक्ने अवस्था चहि जरुर थियो तर मधेसी नेताहरुको लोभानि पापानिको कारण मधेसीको हाथ आयो सून्य । पा“च महिने राजनीतिक समरमा कस्ले के पाए अनि के विराए ? कुन पार्टीले के पायो अनि के विरायो ? थोरै यस विषयमा चर्चा गरौं । एकले अर्कालाई तथानाम गाली गर्ने , पानी वारावारको अवस्थामा पुगेका माधव गुट र ओली गुट बीच समझौता भयो । ओली पुन ः प्रधानमन्त्री भए ।

पहिले देखि नै निर्वाचनको पक्षमा देखिएका काग्रेस सभापति शेरबहादुर देउवाको लागी हर्ष न विष्मात । पदविना रहनै नसक्ने प्रचण्ड अलि आवेशमा छन तर उहा“को आवेश र लभ खासै महत्व राख्दैन । कारण हामीले प्रचण्डलाई मधेससंग लभ परेको देखिनै सकेका छौ । तर आज जसपा कहा“ छ ? कहा“ छन यसका शीर्ष नेताजीहरु ? आजको चुरो सवाल भने यही हो । दुई दल मिलेर जसपा निर्माण हुदा मधेसमा दीपावली गरिएको थियो । आम मधेसी प्रशन्न भएका थिए । आज जसपा दुई कित्तामा विभाजित भई रहदा सबै दुखी छन् । चिन्तित छन् । नेपालको संविधान २०७२ जारी गर्ने अन्तिम तयारी भई रहदा राजपा र संघीय समाजवादी पार्टी सडकमा थिए । मधेसी जनता ज्यानको आहूति दिई रहेका थिए । तर दुर्भाग्य आम निर्वाचन पछि बनेको पहिलो सरकारमै उपेन्द्र यादवजी सहभागी हुनु भयो । त्यतिवेला ओलीजीसंग उनको लभ पर्यो । पा“च महिना पूर्व संसद विघटन गर्दा महन्थ ठाकुरजी सडकमा आए । त्यतिवेला ओलीजी उनको प्रमुख शत्रु थिए । आज समयको चक्र नराम्ररी पल्टेको छ । यादवजीलाई प्रचण्ड र देउवासंग लभ परेको छ । महन्थजीलाई ओलीजी संग । आम जनतालाई बुझ्नै गाह्रो कुन दललाई पत्याउने ? कुन नेतामाथि विश्वास गर्ने ? फेरी चुचुरोमा पुगेर यिनै ओली–देउवा–माधव र प्रचण्डकै सेरोफेरोमा घुम्नु पर्ने हो भन्ने बीचका फिरकीबालाहरुको के काम ? आम नागरिकको जिज्ञासा छ ।

Comment


Related News

Latest News

Trending News