अपडेट 
२०७८ जेष्ठ १, शनिबार ०८:१५

पछिल्लो २४ घण्टामा प्रदेश २ मा शुक्रवार १५१ महिलासहित ४८७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या २५ हजार ७५१ पुगेको छ । जसमध्ये १७ हजार २५६ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रवार सबभन्दा बढी धनुषामै १३५ जनामा कोरोना पुष्टि भएको छ । पर्सामा ११३ जना, बारामा ३३ जना, सर्लाहीमा ८ जना, रौतहटमा ४५ जना, सप्तरीमा ३९ जना, सिरहामा ३१ जना र महोत्तरीमा ८२ जना संक्रमित थपिएका हुन् । सप्तरीको कञ्चनपुर ८ मा मात्रै १४ जना संक्रमित भेटिएका छन् । प्रदेश २ का आठै जिल्लामा अहिले कोरोना परीक्षण भइरहेको छ । जनकपुरमा ३३७ जनाको नमूना परीक्षण गर्दा १७९ जनामा संक्रमण देखिएको छ । जसमध्ये केहि धनुषा बाहेक अन्य जिल्लाको रहेको बताइएको छ । यस्तै ैतहटमा १४० मध्ये ३७ जनामा, सप्तरीमा ४८ जनामध्ये ३७ जनामा, जलेश्वरमा ९१ जनामध्ये ४३ जनामा, बर्दिबासमा १५ जनामध्ये १२ जनामा र पर्सामा २८८ जनामध्ये १५५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का आठै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । यद्दपी मानिसहरु स्वास्थ्य मापदण्डको पालना नगर्दा संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । बिना काम सडकमा निस्किदा प्रहरीले पनि कारबाही गरिरहेको छ, त्यसका बाबजुद पनि मानिसहरु सडकमा आउँदा कोरोनाले भयावह रुप लिने सम्भावना बढाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सिरहामै कोरोनाबाट थप तीन जनाको मृत्यू भएको छ । लहान नगरपालिका १० का ७० वर्षीय पुरुष, लहानकै वडा ५ का ६० वर्षीय पुरुष र मिर्चैया नगरपालिका ३ का ५५ वर्षीय पुरुषको मृत्यू भएको हो ।

Comment


Related News

Latest News

Trending News