अपडेट 
२०७८ जेष्ठ १, शनिबार ११:४७

वीरगञ्जमा गरिएको पछिल्लो परीक्षणमा १ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा विभिन्न स्थानबाट संकलित २ सय ८८ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा ४४ जनामहिलासहित १ सय ३१ जनामा संक्रमण देखिएको हो । जसमध्ये पर्साका ९९ जना, बाराका २१ जना, रौतहटका ५ जना, सर्लाहीका १ जना, बागमतीका १ जना र बाँकेका १ जनामा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । १४.६ देखी ३५ सम्म सिटि भ्यालु रहेका संक्रमितहरु ३ वर्षदेखि ८० वर्ष उमेर समूहका रहेका छन् ।

Comment


Related News

Latest News

Trending News