अपडेट 
२०७८ जेष्ठ २, आईतवार ०७:३३

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ८ सय ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८०७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख २६ हजार १५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १६ करोड ३१ लाख  ६१ हजार ५ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड १४ लाख ५८ हजार २२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ८२ हजार ९७७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ८५६ जनाको ज्यान गएको छ । १ लाख ९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ४७ हजार ७०४ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ३३ हजार १०८ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News