अपडेट 
२०७८ जेष्ठ २, आईतवार ०८:१३

जनता समाजवादी युवा संघ धनुषाले प्रदेशका सामाजिक विकास मन्त्रालयको गैर जिम्मेवारीका कारण कोभिड–१९ का विरामीहरुले उपचारबाट बञ्जित भएको आरोप लगाएको छ ।

संघका अध्यक्ष दिपेन्द्र कुमार कापरले मन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण पत्र नै बुझाएका हुन् । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा प्रदेश सरकारबाट आवश्यक व्यवस्थापन हुन नसकेको ध्यानाकर्षण मन्त्रीलाई गराइएको छ । संघले प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा भेन्टिलेटरको अभावले दुई संक्रमितको ज्यान गएको र उनीहरुको शव समेत व्यवस्थापन हुन नसक्नुको दोष पनि सामाजिक विकास मन्त्रालयमाथि लगाएको छ । विगतमा भएको गल्ती नदोहिर्याउन अस्पतालहरुमा दक्षा स्वास्थ्यकर्मी र आवश्वयक स्वास्थ्य सामग्री, शव व्यवस्थापन टिम र स्विपरको उचित व्यवस्था, स्वास्थ्यकर्मीको सुरक्षा र सुविधा र एम्बुलेन्स, भेन्टिलेटर तथा अक्सिजनको पनि व्यवस्थापन मिलाउन संघले माग गरेको छ । अहिले प्रदेश २ मा जनता समाजवादी पार्टीकै सरकार छ । तर सोही पार्टीका युवा संगठनले सामाजिक विकास मन्त्रालयको कमिकमजोरी औल्याएपछि केन्द्रमा देखिएको विवादको प्रभाव भएको धेरैले सोचेका छन् ।

सामाजिक विकास मन्त्री साह राजेन्द्र महतोको कोटाबाट मन्त्री बनेका छन् भने विज्ञप्ती जारी गरेका संघका अध्यक्ष उपेन्द्र यादव पक्षका छन् ।

Comment


Related News

Latest News

Trending News