अपडेट 
२०७८ जेष्ठ २, आईतवार ०८:३३

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा शनिवार १२७ महिलासहित ४४३ कोरोना संक्रमित थपिएका छन् ।

सबभन्दा बढी धनुषामा ११५ संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार पर्सामा ९९, बारामा २३, सर्लाहीमा १०, रौतहटमा ४९, सप्तरीमा १०४, सिरहामा ७ र महोत्तरीमा ३२ कोरोना संक्रमित फेला परेका छन् । यस्तै अन्य जिल्लाका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसोलेशनमा रहेको बताइएको छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ हजार ५६५ पुगेको छ । सक्रिय संक्रमित तीब्र गतिमा बढिरहेको देखिएको छ । सक्रिय संक्रमितमध्ये करिब ९५ प्रतिशत होमआइसोलेशनमै छन् । उनीहरुमाथि स्वास्थ्यकर्मीले पनि निगरानी नगर्दा संक्रमिण फैलिने जोखिम बढेको छ ।

धनुषामा दैनिक एक संक्रमितको मृत्य

धनुषामा प्रत्येक दिन कम्तिमा एक कोरोना संक्रमितको मृत्यू भइरहेको देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख १५ देखि २६ गतेसम्म धनुषामा मात्र ९ संक्रमितको मृत्यू भएको हो । जबकी कतिपय शंकास्पद संक्रमितको मृत्यू भएको तथ्यांक यसमा समावेश छैन । निर्देशनालयका अनुसार जनकपुरधाम उपमहानगरपालिकामै सो अवधिमा चारजना संक्रमितको मृत्यू भएको छ । वडा नम्वर ४ मा १८ वर्षीय किशोरकै मृत्यू भएको छ । वडा नम्वर १८, १३ र ९ मा एक÷एक जनाको मृत्यु भएपनि विस्तृत विवरण आउन नसकेको भनिएको छ । यस्तै कमला नगरपालिका ४ सघाराका ६० वर्षीय पुरुष, क्षिरेश्वरनाथ नगरपालिका ५ का ५८ वर्षीया महिला, गणेशमान चारनाथ नगरपालिका ३ का ३० वर्षीय पुरुष, क्षिरेश्वरनाथ नगरपालिका ५ कै ३९ वर्षीय पुरुष र कमला नगरपालिका ५ का ४० वर्षीय पुरुषको कोरोनाबाटै मृत्यू भएको छ ।

Comment


Related News

Latest News

Trending News