२०७८ जेष्ठ २, आईतवार १३:१२

जनकपुरधामका ख्याती प्राप्त कराते खेलाडी बैजनाथ यादवको स्वर्गवास भएको छ ।

जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बैजनाथ यादवको उपचारका क्रममा शनिवार राति मृत्यु भएको हो । यादव कोरोना संक्रमित थिए । संक्रमण पुष्टि भएपछि खेलाडी यादव काठमाडौं पुगेर बीर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा गएराति उनको निधन भएको परिवारजनले जानकारी दिएको छ । यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष थिए । जनकपुरले आइतबार खेलकुद जगतका एक योद्धा गुमाएको भन्दै धेरैले सामाजिक संजालमा दुख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Comment


Related News

Latest News

Trending News