अपडेट 
२०७८ जेष्ठ २, आईतवार १७:४६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोडिभ–१९ का बिरामीका लागि अस्पताललाई नै अक्सिजनको व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।

आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने निर्देशन जारी भएको बताउनुभयो । यसअघि कतिपय अस्पतालले थप बिरामीलाई नलिने सूचना जारी गरेका थिए भने कतिपयले बिरामीका आफन्तलाई अक्सिजन ल्याउन लगाउने गरेका थिए । बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने र बिरामीका आफन्तलाई ल्याउन भन्न नमिल्ने प्रवक्ता गौतमले बताउनुभयो ।

उहाले अक्सिजन आपूर्तिलाई सहज बनाउन पनि काम भइरहेको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News